होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • मन्त्री शाहले पाएको चाडपर्व खर्च अनाथ बालगृहलाई
Breaking News

मन्त्री शाहले पाएको चाडपर्व खर्च अनाथ बालगृहलाई

  • नागरिक रैबार
[sharethis-inline-buttons]
मन्त्री शाहले पाएको चाडपर्व खर्च अनाथ बालगृहलाई

नागरिक रैबार/बाजुरा ५ कार्तिक। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले चाड पर्व बाफत पाएको खर्च (कन्सन बाजुरा) अनाथ बालगृहलाई निणर्य गरेका छन् ।

दशैं भत्ताको विषयलाई लिएर सरकार र सांसदहरूको आलोचना हुन थालेपछि सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शाहले पनि आफुले पाएको भत्ता बुढीगंगा नगरपालिका २ मा रहेको अनाथ बालगृहलाई दिने निणर्य गरेका हुन् ।

देशले सामना गरिरहेको कोरोना महामारीको यस संकटपुणर् घडीमा जनप्रतिनिधिको हैसियतमा चाडपर्व खर्चको नाममा सुविधा लिने कुरा सामाजिक न्यायको दृष्टिकोणले पनि उपयुक्त नभएको बताउँदै मन्त्री शाहले चाड पर्व बापत पाएको ६३ हजार रुपैयाँ बालगृहलाई दिने निर्णय गरेको मन्त्रीका स्वकीय सचिव जंग विकले बताएका छन् ।

विज्ञापन

मन्त्री शाहले चाड पर्व वाफत पाएको रकम अनाथ बालगृहलाई सहयोग गरेपछि बालगृहमा आश्रीत १३ जना बालबालिकाको गास, बास, कपास र पठन-पाठनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

चाड पर्व भत्ता यतिखेर देशभरका जनप्रतिनिधिहरुको बैंक खातामा आईसकेको छ । तर केही सांसद्हरू आफुले पाएको सुविधा बारे चुपचाप छन् भने कतिपय सांसद् तथा मन्त्रीहरु दशैं भत्ता बापत आएको रकम कोरोना कोष र सामाजिक कार्यमा खर्च गरिरहेका छन् । बडा दशै तथा घर भेटघाटका क्रममा गृह जिल्ला पुगेका मन्त्री शाह यति खेर गृह गाउँ कुल्देवमाण्डाै छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै