होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दशैँमा पनि विदेशिने बढ्दै
समाचार

दशैँमा पनि विदेशिने बढ्दै

  • नागरिक रैबार
दशैँमा पनि विदेशिने बढ्दै

काठमाडौँ, कात्तिक ५ गते । स्वदेश र गन्तव्य दुवैमा एकातिर कोरोनाको त्रास अर्को मुखैमा आएको दशैँको रौनक । यस्तो परिस्थितिमा पनि विदेश जाने लर्को बढ्दै छ ।लामो समयसम्म घरमा बेरोजगार बस्दा जीवन धान्नै धौधौ हुन थालेपछि धेरै नेपाली युवा दशैँको मुखैमा वैदेशिक रोजगारीमा जाँदै छन् । कोरोनाको डर र दशैँ मान्ने रहर हुँदाहुँदै पनि धेरै युवालाई विदेश जानुपर्ने बाध्यता परेको हो ।

यस्तैमध्येका हुनुहुन्छ पर्वत कुस्मा नगरपालिकाका राजुप्रसाद सुवेदी । गत फागुनमा साउदी अरबबाट तीन महिनाको घर बिदामा आउनुभएका सुवेदी गत जेठमै जानुपर्ने हो तर कोरोनाका कारण उडान बन्द भएर रोकिनुभयो र उडान खुल्यो, बल्ल जान थाल्नुभएको हो ।
१६ वर्षदेखि साउदीमा आउने–जाने गरिरहनुभएका उहाँले भन्नुभयो, “कोरोनाको बढ्दो त्रास र मुखैमा आएको दशैँ नमानी जाने रहर त कहाँ थियो र ! भर्खर घर बनाउँदै छु, ऋण लागेको छ, नगएर के गर्नु ?”

उहाँजस्तै कुवेत जान श्रम हिँड्नुभएका चितवनका रामबहादुर केसीले विदेशको रोजगारी गुम्ने चिन्ताले मुखैमा आएको दशैँ छोडेर हिँडेको जानकारी दिनुभयो । भिसाको म्याद पनि सकिँदै छ । कम्पनीबाट पनि अहिल्यै आउन भनेको छ, त्यसैले जान लागेको, उहाँले निराश हुँदै भन्नुभयो, “हामीले विदेशमा सिकेको सीप लगाउने कुनै ठाउँ छैन यहाँ । जहाँ पनि आफूले चिनेको मान्छे भए मात्र काम बन्छ । त्यसैले यहाँ केही गर्न सकिन्नजस्तो लाग्यो । ”

विज्ञापन

रोजगारीको खोजीमा मलेसिया र खाडी मुलुकमा जानु धेरैको बाध्यता हो । गाउँमै, देशमै बस्दा पुग्ने भए किन परदेशिन पथ्र्यो होला र ! त्यसैमाथि एकातर्फ कोरोनाको त्रास अर्कोतर्फ मुखैमा आएको दशैँ छोडेर ।गन्तव्य देशमा कोरोना जोखिम बढेपछि सरकारले गएको फागुन अन्तिमदेखि श्रम स्वीकृति रोकेको थियो । झन्डै चार महिनापछि गएको असारदेखि पुनः श्रम स्वीकृति र भदौदेखि नयाँ श्रम स्वीकृति दिन थालिएको छ ।

गत असारदेखि असोजसम्म १५ हजारभन्दा बढीले श्रम स्वीकृति लिइसकेका छन् । अघिल्लो वर्षको तुलनामा केही कम भए पनि यस्तो प्रतिकूल परिस्थितिमा पनि यति धेरै युवा वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताउनुभयो । दशैँ, तिहारको समयमा श्रम स्वीकृति लिनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा केही मात्र कम भएको छ, उहाँले भन्नुभयो, “कम हुनुको कारण एक त सबै देशले आगमन खोलेको छैन, अर्को कोरोनाको जोखिम हुनसक्छ । ”

वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय, ताहाचलका अनुसार असोजमा मात्रै आठ हजार ९७ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसअघि असारमा दुई हजार ४९४, साउनमा दुई हजार ९७९ जना र भदौमा एक हजार ५२५ जनाले श्रम स्वीकृति लिएका थिए ।
सो कार्यालयका अनुसार असोजमा श्रम स्वीकृति लिएकामध्ये सात हजार ६७६ पुरुष र ४२१ महिला छन् ।

चार हजार ५०५ जनाले पुनः श्रम स्वीकृति, ४०१ जनाले वैधानीकरण गरेर र ५१६ जनाले व्यक्तिगत तवरले नयाँ श्रम स्वीकृति लिएको सो कार्यालयले जनाएको छ । असोजमा वैदेशिक रोजगारीमा जानलाई श्रम लिनेमध्ये सबैभन्दा बढी साउदी अरबका लागि दुई हजार ८३१ जना छन् । त्यसपछि संयुक्त अरब इमिरेट्स (यूएई)का लागि दुई हजार ६५१ जना, कतारका लागि एक हजार ३५१ जनाले श्रम स्वीकृति लिएको सो कार्यालयले जनाएको छ ।गाेरखापत्रअनलाइनबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ दिन अगाडि

भर्खरै