होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा पनि साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी
समाचार

सुदूरपश्चिममा पनि साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी

  • नागरिक रैबार
सुदूरपश्चिममा पनि साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी

धनगढी : सुदूरपश्चिममा पनि साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी भएको छ। केन्द्रमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेसंगै सुदूरपश्चिममा पनि तयारी थालिएको हो।

सुदूरपश्चिममा रहेका सबै यातायात प्रालिबिच यातायात सञ्चालनको विषयमा छलफल भईरहेको सुन्दर सुदूरपश्चिम यायता प्रालिका अध्यक्ष पदम सापकोटाले बताए।

यातायात व्यवस्था विभागसँग ५०÷५० प्रतिशत शुल्क सरकार व्यवसायीले बेहोर्ने गरी मजदुरको कोरोना बीमा गर्ने, सरकारसँग कुनै मजदुरको मृत्यु भएमा क्षतिपूर्ति दिने गरी कोष बनाउन अनुरोध गर्ने लगायतका सहमित भएको महासंघले जनाएको छ।

सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो। तर सुदूरपश्चिमका अधिकासं व्यवसायीले विभिन्न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरेका थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै