नागरिक रैबार/बाजुरा ८ चैत्र। जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. २ का वडा सदस्य लालबहादुर बुढाले गाउँकै महिलालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले हिरासतमा राखेको छ ।
स्थानीय महिलालाई जवरजस्ती करणी गरेको आरोपमा वडा सदस्य बुढालाई गत फागुन २९ गतेदेखि हिरासतमा राखिएको प्रहरीले बताएको छ ।स्थानीय महिलाले दिएको उजुरीका आधारमा वडा सदस्य बुढालाई गत फागुन २९ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताएका छन् ।
प्रहरी निरीक्षक रोकायाले भने वडा सदस्य बुढाले फागुन २२ गते गाउँकै नाता लाग्ने महिलासँग जबरजस्ती करणी गर्ने प्रयास गरेको बुझीएको छ । पिडित महिलाले घटना भएको ७ दिन पछि मात्रै प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बुढालाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको र उजुरीका आधारमा अदालती प्रक्रीया समेत अघि बढीसकेको प्रहरीले बताएको छ ।जबरजस्ती उद्योगको रुपमा प्रमाणीत भएमा ५ देखि ७ बर्षसम्म कैद सजाय हुने कानुनी प्रावधान छ । बुढा नेपाली काँग्रेसबाट प्रत्येक्ष निर्वाचित वडा सदस्य हुन् ।
फेसबुक प्रतिक्रियाहरु