होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, मंसिर १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमसीसी नसच्याई अनुमोदन नगर्न कार्यदलको निर्देशन
समाचार

एमसीसी नसच्याई अनुमोदन नगर्न कार्यदलको निर्देशन

  • नागरिक रैबार
एमसीसी नसच्याई अनुमोदन नगर्न कार्यदलको निर्देशन

फागुन ९ काठमाडौं । अमेरिकी सहयोग एमसीसीको विषयमा अध्ययन गर्न बनेको कार्यदलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी सम्झौता नसच्याई संसदबाट अनुमोदन नगर्न पार्टी नेतृत्वलाई सुझाव दिएको छ ।

कार्यदलले शुक्रबार साँझ पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा संयुक्तरुपमा भेटेर प्रतिवेदन बुझाएको थियो । अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीमा चर्को विवाद भएपछि माघ १९ मा नेकपा केन्द्रीय कमिटी बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

झलनाथ खनाल संयोजक रहेको कार्यदलमा स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भीम रावल सदस्य थिए ।कार्यदलले एमसीसी सम्झौता नसच्याई अनुमोदन नगर्न सर्वसम्मत रुपमा सुझाव दिएको संयोजक झलनाथ खनालले अनलाइनखबरलाई जानकारी दिए ।

विज्ञापन

प्रतिवेदन बुझाइसकेपछि संयोजक खनालले निश्कर्ष सुनाउँदै भने, ‘जम्मै कुराहरुको अध्ययन गरिसकेपछि हामीचाहिँ के निश्कर्षमा पुग्यौं भने यसलाई नसच्याइकन र सुधार नगरिकन यसलाई लागू गर्नुहुँदैन ।’यो निश्कर्ष सर्वसम्मत हो कि कार्यदलका तीनजना मध्ये कसैको असहमति पनि रह्यो रु भन्ने प्रश्नमा संयोजक खनालले भने, ‘एकदम सर्वसम्मत निश्कर्ष ।

‘सार्वजनिक नभएका अरु पनि सहायक सम्झौताहरु रहेछन्’

कार्यदलका संयोजक खनालले एमसीसी सम्झौता सम्बन्धी डकुमेन्टहरुको अध्ययन गर्दा अहिलेसम्म सार्वजनिक नभएका अरु पनि १४(१५ वटा सहायक सम्झौताहरु फेला परेको बताए ।‘हामीले २० दिन लगाएर यो प्रतिवेदन तयार पार्‍यौं । हामीले गम्भीररुपले सबै डकुमेन्टहरु अध्ययन गर्‍यौं ।

दर्जनौं डकुमेन्टहरु रहेछन् । एमसीसीको मात्रै होइन, हामीले त्यसका सहायक सम्झौताहरु पनि हेर्‍यौं,’ खनालले भने, ‘कार्यान्वयन सम्झौताका नाममा अरु १४र१५ वटा सम्झौतासमेत गरेका रहेछन् । ती सबै कुराहरु सार्वजनिकरुपमा आएका पनि थिएनन् ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार