नागरिक रैबार/बाजुरा ९ फागुन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । नेकपा बाजुराले पार्टी एकताको टुंगो लगाई सकेपछि शुक्रबार सदरमुकाम मार्तडीस्थित पार्टी कार्यालय विभिन्न निर्णयहरु पारित गर्दै बैठक सम्पन्न गरेको हो ।
यस अघि दोस्रो बैठकबाट भएका निर्णयहरुलाई परिमार्जन गर्दै नेकपाले कमिटी भित्रका ३ वटा मध्ये स्कुल विभाग, संगठन विभाग र कोष तथा लेखा व्यवस्थापन विभाग अध्यक्ष र सचिवको मातहतमा राखी पुनः कार्यालयमा छलफल हुने गरि निर्णय गरेको प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिएका छन् ।
उहाँका अनुसार पार्टीको युवा तथा खेलकुद विभागमा नरेश रोकायालाई जिम्मेवारी दिएको छ । यस अघि सो विभाग दिलबहादुर कुँवरलाई दिईएको थियो ।
फेसबुक प्रतिक्रियाहरु