होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • अर्थ
  • महिलालाई उद्यमसिल बनाउन ७ दिने अचार बनाउने तालिम
अर्थ

महिलालाई उद्यमसिल बनाउन ७ दिने अचार बनाउने तालिम

  • नागरिक रैबार
महिलालाई उद्यमसिल बनाउन ७ दिने अचार बनाउने तालिम

नागरिक रैबार/बाजुरा ५ पुस। बाजुराका महिलाहरुलाई आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले सदरमुकाम मार्तडीमा ७ दिने अचार बनाउने सम्वन्धि तालिम सुरु गरिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय र आईएन एफ नेपालको सहयोग तथा आयोजनामा यहाँका १५ जना महिलाहरुलाई ७ दिने अचार बनाउने तालिमको सूरु गरिएको हो ।

तालिम गत पुस २ गतेबाट संचालन गरिएको थियो । तालिममा बडीमालिका, बुढीनन्दा, त्रिवेणी, बुढीगंगा नगरपालिका र खप्तड छेडेदह र गौमुल गाउँपालिकाका गरि १५ जना महिला सहभागि रहेका छन् । तालिमको प्रशिक्षण पार्वति महराले गरिरहेकी छन् ।

विज्ञापन

Image may contain: 1 person, sitting and outdoor, text that says 'दिने जयर सात REDMI NOTE 9 PRO MAX Al QUAD CAMERA'

घर वरपर सहजै पाईने लप्सी, काँक्रो, अमला, चोतो, करेला, आप, मुला गाजर लगायतका अचारका परिकारहरु बनाउने तालिम दिइएको घरेलु तथा साना उद्योग कार्यालय बाजुराले बताएको छ । महिलाहरुलाई ७ दिन सम्म दिइने तालिमले उनीहरुले सहजै अचार बनाउन सक्ने आयोजक आईएन एफ नेपालले आशा लिएको छ ।

Image may contain: 1 person, food and outdoor, text that says '매 REDMI REDMINOTE9 NOTE PRO MAX AIQUAD CAMERA'

तालिममा आफ्नै हातले अचार बनाउने अभ्यास गरिएकाले घरमै अव जुनसुकै प्रकारको पनि अचार बनाउन सक्ने भएको दिदि बहिनी उद्यमशिल समूह मार्तडी अध्यक्ष कमल कुमारी शाहले बताईन् ।

Image may contain: 1 person, standing, mountain, outdoor and food, text that says 'REDMI NOTE 9PRO MAX Al QUAD CAMERA'

तालिममा स्वादका लागि विभिन्न खालका मसलाको मात्रा राख्ने तरिका, अचारका लागि तरकारीको कटान गर्ने तरिका, अचारको गुण गुम्न नदिन अपनाउने तरिकाका बारेमा समेत सिकाई भईरहेकोले महिलाहरुले यसलाई व्यवसायिक रुपमा समेत सञ्चालन गर्न सजिलो हुने तालिममा सहभागि कल्पना महतले बताईन् ।

No photo description available.

अचार बनाउने तालिम पश्चात महिलाहरुलाई व्यवसाय सञ्चालन गर्न सहज हुने तालिमम सहभागि महिलाहरुले बताएकि छन् ।

Image may contain: 9 people, people standing, text that says 'सात दि बनाउ'

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार