होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • झलनाथ खनाल बालुवाटार प्रवेश, प्रचण्ड परामर्शमा
समाचार

झलनाथ खनाल बालुवाटार प्रवेश, प्रचण्ड परामर्शमा

  • नागरिक रैबार
झलनाथ खनाल बालुवाटार प्रवेश, प्रचण्ड परामर्शमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल बालुवाटार प्रवेश गरेका छन् । आइतबारका लागि तय भएकाे पार्टी स्थायी कमिटीकाे अन्याैलताकाबीच नेताहरू बालुवाटार आउने क्रम जारी छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही स्थायी समिति सदस्यसँग छफलमा रहेकाे बुझिएकाे छ ।

स्थायी समिति सदस्य रघुजी पन्तले प्रचण्डलगायतका नेता छलफलमा रहेकाे बताए । नेताहरूबीच परामर्श भइरहेकाले केही समयपछि स्थायी समिति बैठक बस्ने उनले बताए । केही संविधान विपरीतकाे निर्णय राष्ट्रपतिबाट राेकिने उनकाे विश्वास छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार