होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सेनेटरी प्याड बनाउने सम्वन्धि २ दिने तालिम सम्पन्न
समाचार

सेनेटरी प्याड बनाउने सम्वन्धि २ दिने तालिम सम्पन्न

  • नागरिक रैबार
सेनेटरी प्याड बनाउने सम्वन्धि २ दिने तालिम सम्पन्न

नागरिक रैबार/बाजुरा ५ पुस। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ८ र ९ का १३ वटा टोल सुधार समितिका पदाधिकारीहरुलाई २ दिने सेनेटरी प्याड बनाउने तालिम प्रदान गरिएको छ ।

आईएन एफ नेपाल बाजुराको आर्थिक सहयोग तथा बडीमालिका नगरपालिकाको समन्वयमा संचालन गरिएको उक्त २ दिने तालिममा सहभागि महिलाहरुलाई महिनावारी स्वच्छता, नियमित सरसफाई, सेनेटरी प्याडको प्रयोग बारे जानकारी गराईएको छ ।

तालिममा सहभागि भएका महिलाहरुले तालिम अवधिभर सिकेका कुराहरुलाई आ-आफ्नो वडा र टोलमा सवैलाई सिकाउने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यस्तै तालिममा सहभागि भएका टोलसुधार समितिका पदाधिकारीहरुलाई सरसफाईका सामाग्री समेत हस्तान्तरण गरिएको छ ।

विज्ञापन

बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको तालिम मोहक होटलमा शुक्रबारबाट संचालन भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार