होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोरोना उपचारमा हात उठाउने हो भने सरकारको औचित्य छैन
समाचार

कोरोना उपचारमा हात उठाउने हो भने सरकारको औचित्य छैन

  • नागरिक रैबार
कोरोना उपचारमा हात उठाउने हो भने सरकारको औचित्य छैन

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले कोरोना उपचारमा हात उठाउने हो भने यो सरकारको औचित्य नरहने बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक २ गतेदेखि विपन्न, असहाय, एकल महिला, अपाङ्गता भएका, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाहेक संक्रमितहरूको निःशुल्क उपचार नगर्ने निर्णय गरी परिपत्र गरेको छ ।

खनालले मन्त्रालयको यसप्रकारको निर्णयको विरोध जनाएका हुन् । सरकार सबै नागरिकको अभिभावक भएकाले उपचारमा विभेद गर्न नहुने र सबैको अभिभावकत्व लिनुपर्ने खनालको भनाइ छ ।

विज्ञापन

“सरकारले संविधानको पालना गर्नुपर्छ । संविधानमा मौलिक हक अन्तर्गत स्वास्थ्य सुविधा निःशुल्क पाउनुपर्छ भनेर उल्लेख गरिएको छ,” खनालले भने, “यस कुरालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । अन्यथा सरकारको औचित्य रहँदैन ।”

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार