सुदूरपश्चिम प्रदेश स्थायी घर भएका वरिष्ठ लोक देउडा गायक महेशकुमार औजीसहित ४ कलाकार नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् ।
बुधबार नेकपा प्रवेश गर्नेमा गोपाल दयाल, पुष्पा बोहरा र दिपा रोकाया लगायतका कलाकारहरु रहेका नेकपा युवा नेता लोकेन्द्र भण्डारीले बताए ।
काठमाण्डाैमा कलाकारहरुलाई नेकपा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा संघिय सासंद दामोदर भण्डारी, प्रदेश सांसद लिलाधर भट्ट, पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्द लगायतका जनप्रतिनिधिहरुले खादा लगाएर नेकपामा स्वागत गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु