गगन अयडी
धनगढी, ७ जेठ
धनगढी उपमहानगरपालिकामा कुहिएको चामल आपूर्तिकर्ता फर्मलाई कालो सूचिमा राख्न सिफारिस गर्ने निर्णय गरेको छ । चामल आपुर्ति गर्ने ठाकुर ट्रेडलिङ्कलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
उपमहानगरपालिका भित्र लकडाउनमा राहत वितरण भइरहेको वेला कुहिएको चामल वितरणको गुनासो आएको थियो । कुहिएको चामल राहत दिएको गुनासो ५ सदस्यीय छानविन समिति गठन गरेको थियो ।
उप–महानगरपालिकाबाट दोस्रो चरणको राहत आपूर्ति गर्ने ठेक्का ठाकुर ट्रेड लिंकले लिएको थियो । उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीका अनुसा वडा नम्बर ५, ४ ,२ , र १ का लागि उपलब्ध गराएको चामल मध्य २ सय क्विन्टल गुणस्तरहिन रहेको भेटिएको प्रत्रकार सम्मेलन गरेर जानकानरी दिनुभयो ।
सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ को देहाय (ग) बमोजिम कालोसूचि अनुसार आपूर्तिकर्तालाई सुनुवाइको मौका प्रदान गरी कानून बमोजिम कारवाहीको प्रक्रिया अघि बढाउने निर्णय भएको मुडभरीले बताए ।
खरिद प्रक्रियामा कार्य गर्ने दायित्व भएका ब्यक्तिले पनि लापर्वाही गरेको देखिएमा छानविन समितिले प्रतिवेदनमा औल्याएकाले त्यसका आधारमा संलग्न कर्मचारीहरुलाई स्पष्टिकरण सोधि कार्वाहीको प्रक्रिया अगाडि बढाईने प्रवक्ता मुडभरीले बताए ।
चामल आपूर्तिकर्तालाई तत्काल २ लाख रुपैयाँ जरीवाना गरे पनि मिलोमतो भएको भन्दै अख्तियार दुरपयोग आयोग अनुसन्धाको कार्यालयले कागजात समेत नियन्त्ररणमा लिएका प्रवक्ता मुडभरीले जानकारी दिनुभयो ।
खरिद प्रक्रियामा दायित्व भएका कार्यालयका कर्मचारीहरुलाई पनि गलत भए नभएको बिषयमा स्पष्टिकरण सोध्ने निर्णय भएको धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले बताए । उपमहानगरमा कुहिएका चामल वितरण गरेको गुनासो आएपछि राहत वितरण रोकिएको छ ।
फेसबुक प्रतिक्रियाहरु