होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नेपालमा कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु
देश/प्रदेश

नेपालमा कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु

  • नागरिक रैबार
नेपालमा कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु

७ जेठ, बुटवल । गुल्मीका पहिलो कोरोना संक्रमित ४१ वर्षीय पुरुषको उपचारका क्रममा रुपन्देहीमा मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

गुल्मी मदाने गाउँपालिका–६ निवासी उनको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा बुधबार मृत्यु भएको हो । उनी जेठ १ गते उक्त अस्पतालमा भर्ना भएका थिए । उनको शुरुदेखि नै आईसीयू कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । अस्पतालका सञ्चालक दुर्गा पाण्डेले मृत्यु भएको पुष्टि गरे ।

जेठ २ गते उनको स्वाब लिएर परीक्षण गर्दा सोमबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । यसअघि सिन्धुपाल्चोकको बाह्रबिसेकी सुत्केरी र बाँके नरैनापुरका क्वारेन्टाइनमा बसेका पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको थियो । उनीहरु दुवैजनाको रिपोर्ट भने मृत्यु भएपछि आएको थियो ।

विज्ञापन

तेस्रो मृतक गुल्मी मदाने–६ पुर्कोटदहको निमावि स्कुलको प्रधानाध्यापक हुन् । क्रिमसन अस्पताल प्रशासनले बुधबार बिहान उनको मृत्यु भएको पुष्टि गरेको छ । ‘जेठ १ गते गुल्मी मदानेबाट अर्घाखाँचीको सन्धिखर्क हुँदै क्रिमसनमा भर्ना हुन आएका विरामीको जेठ ७ गते मृत्यु भएको छ,’ अस्पतालका जनसम्पर्क अधिकारी चन्द्रकान्त बस्यालले अनलाइनखबरसँग भने ।

कोरोना शंकास्पद देखिएपछि जेठ २ गते उनको स्वाब निकालेर पीसीआर टेस्टका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो गरेको नियमित पत्रकार सम्मेलनमा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी दिइएको थियो ।

एक हप्तादेखि ज्वरो

क्रिमसन अस्पतालमा भर्ना हुनुभन्दा एक हप्ता पहिल्यैदेखि उनमा ज्वरो देखिएको थियो । उनले गाउँकै पुर्कोट दहस्थित मदाने पोलिक्लिनिकमा जाँच गराएका थिए । त्यहाँ उनलाई स्वास्थ्यकर्मी विष्णु भुसालले टाइफाइडको औषधि दिएका थिए । भुसाल मदाने गाउँपालिका अन्तर्गतको म्यालपोखरी स्वास्थ्य चौकीकै स्वास्थ्यकर्मी हुन् ।

औषधि खाएपछि उनलाई दुई दिन जति ठीक भएको थियो । तर वैशाख ३० गते रातिदेखि उनलाई बान्ता भएपछि जेठ १ गते फेरि सोही क्लिनिकमा जाँदा जण्डिस भएको भन्दै अन्यत्र लैजान रिफर गरेका थिए । सोही दिन स्थानीय व्यवसायी भोजराज भट्टराईले मोटरसाइकलमा राखेर उनलाई अर्घाखाँचीको सन्धिखर्कस्थित छायाँ पोलिक्लिनिकमा पु¥याएका थिए । त्यहाँका डाक्टरले जाँच गरेपछि विरामीलाई मणिग्रामको क्रिमसन अस्पताल लैजान रिफर गरेका थिए ।

बुटवलबाट सन्धिखर्क गएको एम्बुलेन्समा राखेर उनलाई जेठ १ गते नै क्रिमसन अस्पताल ल्याई आइसीयूमा राखेर उपचार थालियो । सन्धिखर्कबाट मणिग्रामसम्म एम्बुलेन्समा उनीसँगै उनका साला सहित दुईजना र चालक मात्रै आएका थिए ।

क्रिमसनमा ल्याएर इमर्जेन्सीमा भर्ना गरी जाँच गर्दा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि जेठ २ गते नै उनको स्वाब निकालेर परीक्षणका लागि पठाइएको थियो । दुई दिनसम्म आईसीयूमा राख्दा पनि स्वास्थ्यमा सुधार नभएपछि भेन्टिलेटरमा सारिएको विरामीका साला विष्णुबहादुर वलीले बताए । कोरोना संक्रमण पुष्टि भएका उनमा एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम, निमोनिया र मुटुको समस्या देखिएको क्रिमसन अस्पताल प्रशासनले जनाएको छ ।

लकडाउनका कारण विद्यालय पनि बन्द भएकाले गाउँमै बसिरहेका उनमा कसरी कोरोना संक्रमण भयो भनेर गाउाँसी अचम्ममा परेका छन् । ‘आफ्नो टोलबाट बाहिर कतै जानुभएको थिएन, भारततिरबाट आएकासँग पनि भेटघाट–सम्पर्क भएको थाहा छैन,’ मृतकका भाइले अनलाइनखबरसँग भने, ‘दाइलाई कोरोना देखियोभन्दा अचम्म लागेको छ ।’अनलाइनखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार