चितवन– कोरोना संक्रमितको उपचार गर्न चितवनको भरतपुरमा ७२ घण्टामै अस्पताल बनाइएको छ। भरतपुर महानगरपालिकाले चितवनलाई कोरोना संक्रमणबाट बचाउनका लागि पूर्वतयारी स्वरुप ७० बेडको अस्थायी अस्पताल बनाएको हो।
अस्पताल भरतपुरस्थित उद्योग संघको परिसरमा रहेको प्रदर्शनी केन्द्रमा बनाइएको छ। जसमा १० शैयाको आइसियू, १० शैयाको एचडियू र ५० शैयाको जनरल वार्ड बनाइएको छ।
स्वास्थ्य खबरबाट
फेसबुक प्रतिक्रियाहरु