नागरिक रैबार
बाजुरा ३ भदौ
नागरिक समाज बाजुराले बजारमा भएको कालोवजारी रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेलाई ध्यानकर्षण पत्र बुझाएको छ ।
सडकको कारण देखाउँदै बाजुराको सदरमुकाम मार्तडी बजारमा व्यापारीहरुले खाद्य वस्तु तथा इन्धनमा कालोबजारी गरेकाले तत्काल कालोबजारी रोक्नका लागि प्रजिअ गैरैलाई ध्यानाकर्षपत्र वुझाइएको छ ।
नागरिक समाजका अगुवा शेरबहादुर रावल नेतृत्वको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालयमा पुगेर विश्वमा फैलिएको कोभिड–१९ संक्रमणको रोकथाम, बाजुराको सडक समस्या समाधान र बाढीपहिरोबाट विस्थापित परिवारको लागि राहत लगायतका माग गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु