अब प्रतिबन्धित देशका नागरिक मात्र होइन, त्यहाँ रहेका नेपाली, गैरआवासीय नेपाल कोही पनि नेपाल आउन पाउने छैनन् । साथै प्रतिबन्ध लगाइएका देशलाई ट्रान्जिट बनाएर पनि नेपाल आउन पाउने छैनन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिबन्ध लागेका मुलुकको नाम सार्वजनिक गरेको छ । यसअनुसार नेपालमा कूल ६६ मुलुकका नागरिक र त्यहाँबाट आउने जुनसुकै मुलुकका नागरिकलाई समेत प्रतिवन्ध लागेको छ ।
प्रधिकरणले त्यहीअनुसार उडान व्यवस्थापन गर्न एयरलाइन्स कम्पनीहरुलाई निर्देशन दिएको छ । प्राधिकरणका अनुसार यूरोपका ४५ देशबाट नेपाल आउन रोक लगाइएको छ । पश्चिम एसिया र गल्फका १९ देशका साथै इरान, मलेसिया, जापान र कोरियाबाट पनि आउन पाइने छैन ।
यूरोप
रसिया, जर्मनी, बेलायत, फ्रान्स, इटली, स्पेन, युक्रेन, पोल्याण्ड, रोमानिया, नेदरल्याण्ड, बेल्जियम, चेक रिपब्लिक, ग्रीस, पोर्चुगल, स्वीडेन, हंगेरी, बेलारुस, अष्ट्रिया, सर्विया, स्वीटजरल्याण्ड, बुल्गेरिया, डेनमार्क, फिनल्याण्ड, स्लोभाकिया, नर्वे, आयरल्याण्ड, क्रोएसिया, मोल्दोभा, बोस्निया हर्जगोभिना, अल्वानिया, लिथुवानिया, नर्थ म्याकडोनिया, स्लोभानिया, लात्भिया, इस्टोनिया, मोन्टेनेग्रो, लक्जेम्वर्ग, माल्टा, आइसल्याण्ड, अन्डोरा, मोनाको, लिचेन्स्टाइन, सानमारिनो, होली सी ।
पश्चिम एसिया र गल्फ
टर्की, इराक, साउदी अरेविया, यमन, सिरिया, अजरवैजान, यूएई, इजरायल, जोर्डन, लेवनान, प्यालेस्टाइन, ओमान, कुवेत, जर्जिया, अर्मेनिया, कतार, बहराइन, साइप्रस, साउदी अरेविया ।
अन्य (४)
इरान, मलेसिया, दक्षिण कोरिया, जापान
९ देशका ११ गन्तब्यबाट काठमाडौंसम्म सिधा उडान बन्द
सरकारको निर्णयअनुसार वायुसेवा कम्पनीहरुको धेरै उडान स्वतः बन्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालले प्रतिबन्ध लागेका ६८ मुलुकमध्ये ९ देशसँग नेपालको सिधा हवाई सम्पर्क स्थापित थियो । ९ देशका ११ गन्तब्यलाई नेपालबाट १३ वटा एयरलाइन्सले जोडिरहेका थिए । अब ती देशसँग हवाई सम्पर्कसमेत टुटेको छ ।
नेपालमा २८ वायुसेवा कम्पनीले दैनिक ६५ भन्दा बढी अन्तर्राष्ट्रिय उडान भर्दै आएका थिए ।
तर कारोनाको प्रभावपछि ९० प्रतिशतभन्दा बढी उडान कटौती भइसकेको छ । अहिले अधिकांश उडान भारतीय शहरमा मात्र सिमित भएको छ ।
कुन–कुन मुलुकसँग सिधा हवाई सम्पर्क टुट्यो ?
| देश | वायुसेवा कम्पनी | गन्तब्य |
| टर्की | टर्किस एयरलाइनस | इस्तानबुल |
| यूएई
| फ्लाइ दुबई | दुबई
|
| नेपाल एयरलाइन्स | ||
| हिमालय एयरलाइन्स | ||
| हिमालय एयरलाइन्स | सारजाह
| |
| इत्तिहाद | ||
| एयर अरेविया | ||
| कतार
| नेपाल एयरलाइन्स | दोहा
|
| हिमालय एयरलाइन्स | ||
| कतार एयरवेज | ||
| साउदी अरेविया | हिमालय एयरलाइन्स | दमाम |
| कुवेत | जजिरा | कुवेत सीटी |
| ओमान | ओमान एयर | मस्कट |
| सलाम एयर | ||
| मलेसिया
| नेपाल एयरलाइन्स | क्वालालाम्पुर
|
| हिमालय एयरलाइन्स | ||
| मलेसिया एयरलाइन्स | ||
| मालिन्दो एयर | ||
| दक्षिण कोरिया | कोरियन एयर | सियोल |
| जापान | नेपाल एयरलाइन्स | नारिता |
| कूल : ९ देश | १३ एयरलाइन्स | ११ गन्तब्य |
नेपाल एयरलाइन्सको दुई गन्तब्य कटौती
राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले पनि एकै पटक दुई गन्तब्यको उडान कटौतीको घोषणा गरेको छ ।
नेपाल एयरलाइन्सले सबैभन्दा लामो दूरिको उडान नारिता र यूइएको दुबईमा गर्दै आएको उडान फिर्ता गरेको छ । दुई गन्तब्यको उडान चैत मसान्तभरका लागि स्थागित गरिएको नेपाल एयरलाइन्सले जनाएको छ ।

























![बाजुरामा एमालेकाे जिल्ला स्तरीय जनसभा [तस्बीरहरु]](https://i0.wp.com/nagarikraibar.com/wp-content/uploads/2025/11/cpnuml-2082.jpg?resize=150%2C145&ssl=1)

























फेसबुक प्रतिक्रियाहरु