होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • एसईई स्थगित भएसँगै प्रश्नपत्र प्रहरीको सुरक्षामा
देश/प्रदेश

एसईई स्थगित भएसँगै प्रश्नपत्र प्रहरीको सुरक्षामा

  • नागरिक रैबार
एसईई स्थगित भएसँगै प्रश्नपत्र प्रहरीको सुरक्षामा

काठमाडौं­– आजबाट शुरु हुने भनिएको एसईईको परीक्षा हिजो साँझ सरकारले स्थितग गर्ने निर्णय गरेसँगै प्रश्नपत्रको सुरक्षामा विद्यार्थी र अभिभावकले चासो दिएका छन् ।

कोरोना भाइरस संक्रमण विश्वव्यापी रुपमा फेलिरहेको र नेपाल पनि उच्च जोखिममा रहेको भन्दै सरकारले एसईई परीक्षा स्थगित गरेको थियो । तर केन्द्रमा प्रश्नपत्र तथा कपिहरुसमे पुगिसकेको अवस्थामा विद्यार्थी र अभिभावकले कतै प्रश्न पत्र आउट त हुने होइन भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।

यसैबीच एसइईका लागि छापिएका प्रश्नपत्र प्रहरी कार्यालयमा सुरक्षित रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार प्रश्नपत्र परीक्षा केन्द्रमा पुगिनसकेको जानकारी दिए ।

विज्ञापन

परीक्षाका लागि छापिएका करिब ५१ लाख थान प्रश्नपत्र स्थानीय प्रहरी चौकी तथा प्रशासन कार्यालयहरूमा सुरक्षित रहेको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए । प्रश्नपत्र प्रहरीको सुरक्षा घेराभित्र रहेका कारण चिन्ता लिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

पछि हुने एसइई परीक्षामा नयाँ प्रश्नपत्र प्रयोग हुन्छ कि भन्ने प्रश्नमा उनले यसबारे कुनै निर्णय नभएको बताए । बिहीबार बस्ने सचिवस्तरीय बैठकले यस विषयमा निर्णय गर्ने उनले जानकारी दिए ।

यस वर्षको एसइई परीक्षामा चार लाख ८२ हजार २ सय १९ जना विद्यार्थी सहभागी हुँदै छन् भने देशभर १९ सय ९५ परीक्षा केन्द्र तोकिएको छ । अब अर्को सूचना प्रकाशन भएपछि परीक्षा सञ्चालन गर्ने सरकारले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ दिन अगाडि