बाजुरा ४ असार । बाजुरामा थप ४१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यलय बाजुराले जनाएकाे छ । ४१ जना सबै बडीमालिका नगरपालिका बसाेवास गर्ने रहेकाे बुझिएकाे छ । संक्रमण देखिएकाे कुन क्वारेनटाइनमा बसाेबास गरिरहेकाे हुन, त्याे बिस्तृत जानकारी आउन बाँकि रहेकाे छ । ४१ जना मध्ये १६ जना महिला संक्रमित रहेका छन् ।
याे सँगै बाजुरामा ६२ जना काेराेना संक्रमित पुगेका छन् । यस अघि २ बर्षीय वालिकाकाे मृत्यु भइसकेकाे छ, भने एक जना काेराेना जितेर घर फर्किसकेका छन् । १ जनालाइ आज मात्र डिसचार्ज गरेकाे छ । १७ जना धुरालसैन क्वारेनटाइनमा उपचार बसिरहेका छन्, भने एकजना धनगढिमा उपचार गराइरहेका छन् ।
फेसबुक प्रतिक्रियाहरु