होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पत्रकार विकमाथि भएको घटनाप्रति दलित पत्रकार संघको आपत्ति (प्रेस विज्ञप्ति)
समाचार

पत्रकार विकमाथि भएको घटनाप्रति दलित पत्रकार संघको आपत्ति (प्रेस विज्ञप्ति)

  • नागरिक रैबार
पत्रकार विकमाथि भएको घटनाप्रति दलित पत्रकार संघको आपत्ति (प्रेस विज्ञप्ति)

नागरिक रैबार/बाजुरा ६ माघ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका सचिव पत्रकार प्रेम विकलाई सांसद लालबहादुर थापाको निर्देशनमा प्रहरीले पक्राउ गरेको घटना घोर आपत्ति भएको राष्ट्रिय दलित पत्रकार संघ नेपाल बाजुरा शाखाले प्रेस विज्ञप्ती मार्फत घोर आपत्ति जनाएको छ ।

फागुन ४ गते राति पत्रकार विकलाई सदरमुकाम मार्तडीस्थित नागरिक रैबार डटकमको कार्यालयबाटै सांसद थापाको निर्देशनमा प्रहरीले पक्राउ गरेर २ घण्टासम्म हिरासतमा राखि केरकार गर्न लगाईएको निन्दनीय घटनाप्रति दलित पत्रकार संघ नेपालले कडा आपत्ति जनाएको हो ।

संघका बाजुरा अध्यक्ष मदन विक र सचिव रामबहादुर विकले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको उक्त घोर भत्सना गरेका छन् । त्यस्तै सांसद थापाकै भतिज नाता पर्ने सुरेन्द्र थापाले पत्रकार विकलाई सामाजिक संजाल मार्फत दलित, डुम कमारा शव्द प्रयोग गरी दलित समुदायलाई अपमानित गरेकोले उक्त अभिव्यक्ति दिने सुरेन्द्र थापालाई कानुनी कारवाहीको माग गर्दछौ प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञापन

यस्तो छ प्रेश विज्ञप्ति

हाम्रो देश नेपाल विभन्नि कालखण्ड पार गर्दै यतिवेला नयाँ गतिका साथ अघि बढिरहेको छ । देशले गणतन्त्रात्मक मुलुक भएको परिचय विश्वभर दिई रहेको छ । देशले प्रगतिशिल संविधान प्राप्त गरेर नेपालीजनमा एक खालको उत्साह छाई रहेका बेला बाजुरा जिल्लामा मिति ः २०७६ साल फागुन ४ गते राती पत्रकार प्रेम वि.क नागरिक रैबार आफ्नो कार्य कक्षामा काम गरि रहेका वेला जिल्ला प्रहरी कार्यालयको ठोडो निर्देशनमा प्रक्राउ गरि प्रहरी हिरासतमा पुर्याई केरकार गर्दा माननीय लालवहादुर थापाले निर्देशनमा उक्त कार्य गरेको प्रहरीले पुष्ठी गरिरहँदा कानुनी राज्यको ठाडो खिल्ली उडेको छ ।
एकजना पत्रकार विना सूचना माननीयको ठाडो निर्देशनले चल्ने प्रहरी प्रशासनप्रति प्रश्न चिन्ह खडा भएको छ । यस्ता प्रवृत्तिगत त्रुटीप्रति सिंगो दलित समुदायको गम्भीर ध्यानाकर्षण भएको छ । दलित समुदायका विषयमा बोलिदिनुस् भन्ने खालको अभिव्यक्तिलाई बाहानाबाजी गरेर पुलिस प्रशासनलाई परिचालन गरि आफ्नो पदीय दम्भ देखाई अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाएको राम्रो नभएको ठर्हछौँ ।
हरेक लेखन लेखुन्जेल लेखक एक्लैको भए पनि लेखिसकेपछि यो सामूहिक अभिव्यक्तिको कर्म हो । यसको असर व्यक्ति चेतनामा मात्रै पर्दैन, समाजमा पनि पर्छ । यति कुरा गर्ने वित्तिकै माननीय जस्तो पद धारण गरेको व्यक्तिले पुरापुर राजनीतिक आँखाले हेरेर अभिव्यक्ति स्वतन्त्रताका पक्षधरमाथि दमन गर्नु नाजहेजपन हो ।
हिजो दलित समुदायको पुरापुर साथ र सहयोगले नेकपाबाट प्रतिनिधी सभासदस्य जस्तो गरिमामय पदमा पुर्याएका हुन् । विचारणीय होस् । अहिले आएर पारिवारिक तवरबाट दलित समुदायलाई नै अपहेलित गर्ने गरि साँसद लालवहादुर थापाका भतिज नातापर्ने सुरेन्द्र थापाले सार्वजनिक सामाजिक सञ्जालमा डुम भन्ने शब्द लखेर के प्रष्ठ्याउँन खोजिएको हो ।
बाजुरा जिल्लामा आफ्नो पहिचान सहितका जातहरु दलित समुदाय भित्र पर्दछन् । न कि डुम भन्ने शब्दावलीका थर भएका कोहीपनि छैनन् । मान्छेलाई होच्याउनकै लागि सो थर नभएकालाई भन्नु सरासर गलत हो । हेक्का रहोस् । र, अर्को कुरा नेपालको संविधानले नै परिकल्पना नगरेको हो, यो डुम भन्ने अभिव्यक्ति । हामी अभिव्यक्ति स्वतन्त्रताका पक्षधर हौँ । न कि कसैलाई होच्याउँने नियतले कसैलाई ठेस पुर्याउने नियतले अभिव्यक्ति राख्यौँ न राख्न दिन्छौँ । बरु, यो नेपालको कानुनको वर्खीलापका विरुद्ध कानुनी उपचार रोज्छौँ ।
अन्यथा सिंगो दलित समुदायका व्यक्तिहरु आन्दोलित हुने वातावरणको सृजना नहोस् । सम्बन्धीत व्यक्ति सुरेन्द्र थापाले दिएको अभिव्यक्ति खेद जन्य भएकाले निजले यथाशिग्र आम माफीको जोड्दार माग गर्दर्छौ ।

रामबहादुर विक                                                                                                                                                                                             मदन विक

सचिव                                                                                                                                                                                                            अध्यक्ष

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार