काठमाडौं, २ पुष । बिहीबार साँझ ५ बजेलाई बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । राष्ट्रिय सभाका अध्यक्ष तथा प्रतिनिधिसभाका सभामुखको सचिवालयले बैठक स्थगित भएको बताएको छ ।
बुधबार नेकपा स्थायी कमिटी बैठकमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने सहमति भएको थियो ।
यसअघि तय भएपनि बैठक अन्तिममा स्थगित भएको हो । अहिलेसम्म अध्यादेश फिर्ता नभइसकेकाले अध्यक्षसहित ३ जना मात्र भएपनि कोरम पुग्ने थियो ।
संवैधानिक परिषद् बैठक स्थगित भएपनि ६ बजेका लागि तोकिएको मन्त्रिपरिषद् बैठक भने बस्ने बताइएको छ ।
फेसबुक प्रतिक्रियाहरु