होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपाको सचिवालय बैठक बस्दै, कार्यदलले कार्यादेश पाउने
समाचार

नेकपाको सचिवालय बैठक बस्दै, कार्यदलले कार्यादेश पाउने

  • नागरिक रैबार
नेकपाको सचिवालय बैठक बस्दै, कार्यदलले कार्यादेश पाउने

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ बजे बस्ने बैठकमा पार्टीको विवाद सुल्झ्याउन गठन गरिएको कार्यदललाई औपचारिकता र कार्यादेश दिने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

‘बैठकमा विवाद हल गर्न गठित कार्यदललाई औपचारिकता दिने र कार्यादेश दिइने छ । त्यस्तै पार्टी भित्रका अन्य विषयमा पनि छलफल हुन्छ,’ खनालले भने ।

विज्ञापन

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको छलफलबाट पार्टीको विवाद मिलाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको छ ।

कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने भन्दै वरिष्ठ नेता खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गरेका थिए ।

त्यस्तै बैठकमा सरकारको समीक्षा गर्दै मन्त्रिपरिषद् पुनर्गठनको विषयमा समेत छलफलको तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।

स्रोतका अनुसार ओलीले प्रधानमन्त्री भइसकेकाबाहेकका सचिवालयमा रहेका नेतालाई समेट्ने गरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयलाई छलफलमा ल्याउने तयारी गरेका छन् ।

प्रधानमन्त्रीले उपाध्यक्ष वामदेव गौतमलाई उपप्रधानमन्त्रीसहितको मन्त्रालय दिन कानूनी परामर्श लिएको बताइएको छ । त्यस्तै ओली, प्रचण्ड र नेता नेपाल तीनै वटा गुटका तर्फबाट बराबरी मन्त्री बनाउने तयारी रहेको पनि बालुवाटार स्रोतले जनाएको छ ।

अब प्रधानमन्त्री ओलीले नेपाल समूहबाट सुरेन्द्र पाण्डे, भीम रावल तथा प्रचण्ड पक्षका जर्नादन शर्मा, पम्फा भूषाल र प्रभु साहलाई मन्त्री बनाउने तयारी गरेको स्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार