होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • ओली सरकारमा यसपटक भिम रावल मन्त्री बन्दै
राजनीति

ओली सरकारमा यसपटक भिम रावल मन्त्री बन्दै

  • नागरिक रैबार
ओली सरकारमा यसपटक भिम रावल मन्त्री बन्दै

काठमाडौं, । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद हल गर्नको लागि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालको सहमतिमा ६ सदस्यीय कार्यदल गठन भएको छ । उक्त कार्यदलको संयोजकमा महासचिव विष्णु पौडेल छन् । र, अध्यक्षद्धय ओली र दाहालनजिकका दुई दुई जना र बरिष्ठ नेता माधव कुमार नेपाल समूहबाट पनि दुई जना सदस्य छन् ।

ओली समूहबाट संयोजक पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेल, र दाहाल समूहबाट स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा र पम्फा भुषाल छन् । उता, वरिष्ठ नेता नेपाल समूहबाट स्थायी कमिटी सदस्यहरु डा. भीमबहादुर रावल र सुरेन्द्र पाण्डे छन् ।

नेकपाभित्र सहमतिको खाका बनेलगत्तै मन्त्रीमण्डल पुर्नगठन हुने, को को बन्लान् मन्त्री
कार्यदल गठन गर्नुअघि नै दुई अध्यक्षबीच मन्त्रिमण्डल पूनर्गठन गर्ने सहमति भएको थियो । नेकपा उच्च स्रोतले दिएको जानकारीअनुसार नवगठित कार्यदलका संयोजक पौडेलबाहेक सबै सदस्यहरुलाई मन्त्रिमण्डल पूनर्गठन गर्दा मन्त्री बनाईने मोटामोटी सहमति ओली र दाहालबीच भएको छ ।

विज्ञापन

ओलीले मन्त्री पदको चारो फालेपछि विरोधी समुह तितरबितर
अध्यक्षद्धय ओली र दाहालबीच मुख्यमन्त्रीहरुपनि फेरबदल गर्ने सहमति बनेको छ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री छोडेर केन्द्रमा आउन चाहेका छन् । पार्टीभित्रको आन्तरिक चुलिएसँगै अध्यक्ष ओलीले उनलाई काठमाडौं बोलाएका हुन् । उनी गत असार १० यता प्रायः यतै छन् ।

यद्धपी ओली–दाहालबीच भएको पछिल्लो सहमतिलाई लिएर वरिष्ठ नेताहरु झलनाथ खनाल र नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ असन्तुष्ट छन् । उनीहरुले तत्काल सचिवालय बैठकको माग गरेका थिए । सोहीअन्सार नेकपा सचिवालय बैठक भोलि बस्ने तय भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार