होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • अमेरिकी फौजी किराले मकैवाली सखाप
Breaking News

अमेरिकी फौजी किराले मकैवाली सखाप

  • नागरिक रैबार
अमेरिकी फौजी किराले मकैवाली सखाप

नहकुल जोशी/ बाजुरा २ साउन। तराइ लगायत कतिपय जिल्लामा सलहले बाली सखाप पारी रहदा बाजुरामा भने अमेरीकी फौजी किराको प्रकोप देखिएको छ । मकै वालीमा अमेरीकी फौजी किराले आक्रमण गरे पछि बाली यस बर्ष मकैको उत्पादनका गिरावट आउनेमा स्थानिय चिन्तीत बनेका छन ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका अधिकांस स्थानमा अमेरीकी फौजी किराले मकै वाली विनास गरेको कृषि प्राविधिकहरुले बताएका छन । कृषि जेटिए नवराज पण्डितका अनुसार हाल स्वामीकार्तिक खापर गाउँपालिकाको वाईमा सयौ पाथीमा लगाइएको मकै बाली फौजिकीराले सखाप पारेको बताउनुभयो ।

No description available.

विज्ञापन

स्थानियवासीले समयमै खवर नगर्दा यसको प्रकोप ब्यापक रुपमा फैलिएको जेटिए पण्डितले बताउनुभयो । हाल सम्म रोपाई समेत शुरु हुन नसकेको स्वामीकार्तिक खापर ४ वाईमा सयौं पाथीमा लगाइएको मकै बालीमा फौजी किरा देखिए पछि यस बर्ष उत्पादनमा ह्रास आउनेमा स्थानियवासी चिन्तीत भएका हुन ।

No description available.

स्थानियवासी विष्णुबहादुर बुढाले मकैबालीमा फौजी किराले आक्रमण गरे पछि खाद्य उत्पादनमा कमी आउने र यसले खाद्य संकट निम्त्याउनेमा चिन्ता लागेको बताउनुभयो । यो बर्ष पानी पनि राम्रै परेको थियो । मकै राम्रै उत्पादन हुनेमा किसान आशावादी भए पनि फौजीकिराले बोट नै सखाप पारे पछि उत्पादन न्युन हुनेमा स्थानिय चिन्तीत बनेको उहाँले बताउनुभयो ।

No description available.

यता गाउपालिका अन्र्तगत कृषि शाखाले भने भोली देखि मकै खेती भएको क्षेत्रमा विषादी छर्किन लागिएको जनाएको छ । कृषकहरुले समयमै खवर नगर्दा विषादी छर्किन ढिलो भए पनि विषादी छर्किएमा मकै वाली जोगिन सक्नेमा आफूहरु आशावादी भएको कृषि साखा प्रमुख जेटिए पण्डितले बताउनुृभयो । बाजुराको स्वामीकार्तिक संगै बुढीनन्दा नगरपालिकामा पनि अमेरीकी फौजी किराले मकै वाली सखाप पारेको स्थायिनले बताएका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार