होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सांसद विकास कोषको ७६ लाख कोरोना कोषमा
देश/प्रदेश

सांसद विकास कोषको ७६ लाख कोरोना कोषमा

  • नागरिक रैबार
सांसद विकास कोषको ७६ लाख कोरोना कोषमा

बैतडी :  स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष)अन्तर्गतको ७६ लाख बढी रकम कोरोना कोषमा जम्मा गरिएको छ। उक्त कार्यक्रममा आएको ६ करोड रकममध्ये ७६ लाख ६८ हजार ५८१ कोरोना कोषमा जम्मा गरिएको सङ्घीय सांसद दामोदर भण्डारीका स्वकीय सचिव लोकेन्द्र भण्डारीले बताए।

उक्त रकम असार १५ गतेसम्म खर्च हुन नसकेको जिल्लाका चार वटा स्थानीय तह मेलौली, पुचौैडी र दशरथचन्द नगरपालिका तथा शिवनाथ गाउँपालिकाको कोरोना कोषमा जम्मा गरिएको हो।

जिल्लाको मेलौली नगरपालिकाको, लामालेक–बलाराघाट सडकखण्डमा खर्च हुन नसकेको रु २५ लाख, पुर्चाैडी नगरपालिकाको भटना–श्रीभावर सडकखण्डमा खर्च हुन नसकेको रु १० लाख, दशरथचन्द नगरपालिकाको गढी खेलमैदान निर्माणमा खर्च हुन नसकेको रु २२ लाख ९७ हजार १९१ र शिवनाथ गाउँपालिकास्थित पर्यटकीय पदमार्ग निर्माणमा खर्च हुन नसकेको रु १८ लाख ७१ हजार ३९० कोरोना कोषमा जम्मा गरिएको छ।

विज्ञापन

विकास निर्माणका योजनाका लागि छुट्याएकोमध्ये बचत भएपछि उक्त रकम स्थानीय तहकै कोरोना जम्मा गरिएको बैतडीबाट निर्वाचित सङ्घीय सांसद दामोदर भण्डारीले बताए। असार १५ सम्म खर्च गर्नुपर्ने रकम खर्च हुन नसकेपछि कोरोना कोषमा जम्मा गरिएको हो। उनले भने, “रकम फ्रिज हुनुभन्दा महामारी नियन्त्रण गर्न सहयोग पुगोस् भनेर कोरोना कोषमा जम्मा गरेका हौँ।” सरकारले असार २ गते खर्च हुन नसकेर बचेको रकम सांसदको सहमतिमा स्थानीय तहको कोरोना कोषमा पठाउने निर्णय गरेको थियो।

जम्मा भएको उक्त रकम सम्बन्धित स्थानीय तहमै कोरोना जोखिम नियन्त्रणका लागि खर्च गरिने जनाइएको छ। पुर्चाैडी नगरपालिकाको १० लाख रकम सोही पालिकामा निर्माण भएको आइसोलेसन सुधारका लागि खर्च गरिने गरिने छ। शिवनाथ गाउँपालिकाको रु १८ लाख ७१ हजार ३९० पनि उक्त गाउपालिकाका सबै वडामा आइसोलेसन निर्माण तथा स्वास्थ्य पूर्वाधार निर्माणमा खर्च गरिने जनाइएको छ। यस्तै दशरथचन्द नगरपालिकाको रु २२ लाख ९७ हजार १९१ सबै वडामा आइसोलेसन बेड निर्माण र स्वास्थ्य पूर्वाधारमा खर्च गरिने छ।

मेलौली नगरपालिकामा खर्च हुन नसकेको रु २५ लाख बजेटबाट नगरपालिकामा पिसिआर मेशिन खरिद गरिने सांसद भण्डारीका स्वकीय सचिव भण्डारीले बताए। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष)अन्तर्गतको उक्त रु ७६ लाख बढी रकम कोरोना कोषमा जम्मा भएपछि स्थानीय तहलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सहज भएको जनाएका छन्।  रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
समाचार
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ दिन अगाडि