होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • चीन-भारत सिमानामा भीडन्त : २० भारतीय सैनिक मारिए
देश/प्रदेश

चीन-भारत सिमानामा भीडन्त : २० भारतीय सैनिक मारिए

  • नागरिक रैबार
चीन-भारत सिमानामा भीडन्त : २० भारतीय सैनिक मारिए
प्रतिनिधि तस्बिर ।

नयाँदिल्ली : दुई देशका सेनाबीच शान्तिपूर्ण वार्ताको एक महिना नपुग्दै चीन र भारतका सेनाबीच झडप हुँदा ठूलो हताहत भएको बुझिएको छ । लद्दाखको गलवान उपत्याकामा दुई देशका सेनाबीझ झडप हुँदा भारतीय सेनाका अधिकृत सहित कम्तिमा २० सिपाही मारिएका छन् । एलओसी क्षेत्रमा पछिल्ला केही महिनादेखि नै यस्ता किसिमका झडप भए पनि पहिलो पटक मृत्यु भएको हो । सुरुमा तीन भारतीय सैनिकको मृत्यु भएको बताइएको थियो ।

भारतीय न्युज एजेन्सी एएनआईका अनुसार २० जना भारतीय सैनिक मारिएका छन् । यस क्रममा केही चिनियाँ सिपाही पनि घाइते भएको बताइएको छ । यद्यपि चिनियाँ सेनाबारे विस्तृतमा विवरण आइसकेको छैन ।

गलवान उपत्याकाको यस क्षेत्रमा दुबै देशका सेनाले आफ्नो भूमि भन्दै ओगट्ने गरेका थिए । यद्यपि दुई साताअघि दुई देशका सेनाबीच यस क्षेत्रलाई शान्त राख्ने विषयमा वार्ता सम्पन्न भएको थियो । वार्ता सफल भएको बताइएको दुई सातामै सेनाबीच झडप भएको हो । २०१७ मा पनि चीन र भारतका सेनाबीच दोक्लममा हिंश्रक भीडन्त भएको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै