नेपाली काङ्ग्रेसका नेता तथा पुर्ब सभाषद् देवराज जाेशिकाे पहलमा बाजुरा जिल्लाको बुढिगगा नगरपालिकाकाे धुरालसैन स्वास्थ इकाई तथा त्रिबेणि नगरपालिकाकाे वडा नम्बर ७ लाई स्वास्थ्य सामाग्री पिपिइ २ थान सेनिटाइर १२लिटर सर्जिकल मास्क १०४ थान बितरण गरिएको छ ।
नेपाली काङ्ग्रेसका केन्द्रीय उपसभापति तथा पुर्ब उपप्रधानमन्त्री बिजय गञ्छदारकाे सहयोगमा सामाग्री बितरण गरिएकाे हाे । काेराेना भाइरसले बिश्व त्रशित तथा नराम्ररी प्रभावित भएकाे बेला अहिलेकाे समयमा दुर्गममा स्वास्थ्य सामाग्रीकाे अभावमा स्वास्थ्यकर्मी तथा जनप्रतिनिधि लगायत उच्च जाेखिममा रहेकाले सामाग्री बितरण गरिएको नेता देवराज जाेशिले बताउनुभयो ।
बितरणमा नेपाली काङ्ग्रेसका महाअधिबेशन प्रतिनिधि पुर्ण बिक्रम सिह ,महाअधिबेशन प्रतिनिधि जनक सिह नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य तथा त्रिबेणि नगरपालिका वडा नम्बर ७ वडा अध्यक्ष प्रेम ब थापा बुढिगगा नगरपालिका नेपाली काङ्ग्रेस सहसभापति जयराज उपाध्याय काङ्ग्रेस नेता मगल थापा चक्र उपाध्याय नेबिसघ बाजुराका नेता तपेस रावल लगायतकाे उपस्थिति रहेको छ ।
स्वास्थ सामाग्री त्रिबेणि नगरपालिका वडा नम्बर ७ का अध्यक्ष प्रेम बहादुर थापा र बुढिगगा नगरपालिका वडा नम्बर ७ का वडा सदस्य चक्र उपाध्यालाइ हस्तान्तरण गरिएको छ ।
फेसबुक प्रतिक्रियाहरु