होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बस दुर्घटना हुँदा २२ घाइते, ५ जनाको अवस्था गम्भिर
देश/प्रदेश

बस दुर्घटना हुँदा २२ घाइते, ५ जनाको अवस्था गम्भिर

  • नागरिक रैबार
बस दुर्घटना हुँदा २२ घाइते, ५ जनाको अवस्था गम्भिर

१ पुस, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा बुधबार यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ ख ९४४६ नम्वरको रात्री बस बुधबार विहान साढे चार बजे अनियन्त्रित भइ सडकबाट करिव २० मिटर तल खसेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

दर्घटनाका घाइतेमध्य पाँच जनाको अवस्था गम्भिर रहेको गोरखाका ट्राफिक प्रहरी इन्चार्ज मित्रलाल ढकालले बताए । धार्चे गाउँपालिका–६ का सुरमान घले, कान्छी तामाङ, भीमसेन थापा गाउँपालिका–३ का उत्तम पुडासैनी, मनोज पुडासैनी र उज्वल पुडासैनीको अवस्था गम्भिर रहेको उनले जानकारी दिए । उनीहरुलाइ थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

विज्ञापन

अन्य घाइतेहरुको गोरखा अस्पताल र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

दुर्घटना पश्चात बस चालक फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार