होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • यी हुन गैरकानुनी खर्च गर्ने सुदूरपश्चिमका ८ स्थानीय तह
समाचार

यी हुन गैरकानुनी खर्च गर्ने सुदूरपश्चिमका ८ स्थानीय तह

  • नागरिक रैबार
यी हुन गैरकानुनी खर्च गर्ने सुदूरपश्चिमका ८ स्थानीय तह

धनगढी: सुदूरपश्चिमका ८ स्थानीय तहले चालू आर्थिक वर्ष सुरू भएको एक महिना बितिसक्दा पनि बजेट पेस गरेका छैनन्। गत असार १० गतेभित्र नै चालु आर्थिक वर्ष २०७७/७८ को बजेट पेस गरिसक्नुपर्ने कानुनी प्रावधान रहेतापनि ती ती स्थानीय तहले अटेर गरेका छन्।

असार १० गतेभित्र स्थानीय तहले आगामी आर्थिक वर्षको बजटे नगररगाउँसभामा अनिवार्य पेस गर्नुपर्ने अन्तरसरकारी वित्त व्यवस्थापन ऐनमा व्यवस्था छ। त्यसरी पेस भएको बजेट असार मसान्तअगावै सभाबाट पारित गर्नुपर्ने हुन्छ।
त्यसैले सभाबाट बजेट पारित नगरी खर्च गर्नु पूर्णतया गैरकानुनी मानिन्छ। अहिलेसम्म आर्थिक वर्ष २०७७/७८ को बजेट नै पेस नगरेका यी स्थानीय तहले साउन १ देखि ‘गैरकानुनी’ रूपमा खर्च गरिरहेका छन्।

अर्थ मन्त्रालयले तोकिएको समय सीमाभित्र बजेट नल्याउने स्थानीय तहलाई संघीय सरकारबाट उपलब्ध गराउने सबै प्रकारका अनुदान र राजस्व बाँडफाँटको रकम रोक्ने चेतावनी दिँदै आएको छ। त्यसो भएतापनि यहाँका ८ स्थानीय तहले अटेर गरेर बजेट बिनै खर्च गरिरहेका छन्।

यी हुन ८ स्थानीय तह: 
आदर्श गाउँपालिका, डोटी
रामारोशन गाउँपालिका, अछाम
बूढीगंगा नगरपालिका, बाजुरा
बुंगल नगरपालिका, बझाङ
मष्टा गाउँपालिका, बझाङ
दशरथचन्द नगरपालिका, बैतडी
शिवनाथ गाउँपालिका, बैतडी
कृष्णपुर नगरपालिका, कञ्चनपुर

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
Breaking News
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै