होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बैतडीमा गौरा र तीज मनाउन रोक
समाज

बैतडीमा गौरा र तीज मनाउन रोक

  • नागरिक रैबार
बैतडीमा गौरा र तीज मनाउन रोक

सुदूरपश्चिमेलीहरुको मुख्य पर्वका रूपमा रहेको गौरा तथा हिन्दू महिलाको महान पर्व हरितालिका तीज मनाउन बैतडीमा रोक लगाइएको छ।  कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि जिल्लामा चाडपर्व मनाउँदा भीडभाड नहुने किसिमले मनाउन जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रले आग्रह गरेको छ।

तीज, गौराजस्ता पर्वहरु नजिक आइरहेको सन्दर्भमा नेपाल सरकारको निर्णयानुसार भीडभाड नहुने गरेर मात्रै चाडपर्व मनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए। नित्यपूजा र घरायसी पूजाबाहेक सामूहिकरूपमा गौरा, तीजजस्ता पर्व मनाउँदा कोरोनाको जोखिम बढ्ने भएकाले सामूहिकरूपमा चाडपर्व मनाउन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जोशीको भनाइ छ। उनले भने, “यस्ता पर्वलाई अहिलेलाई घरभित्रै मनाउन आग्रह गरिएको छ।”

रा पर्व भदौ १० गते परेको छ भने तीज भदौ ५ गते रहेको छ। यस्तै जिल्लामा सबै प्रकारका भेला, सेमिनार, गोष्ठी, तालिमलगायत भीडभाड हुने खालका कार्यक्रममा रोक लगाउने निर्णय भएको छ। यसैगरी भारत अथवा तेस्रो मुलुकबाट फर्केका नागरिकलाई अनिवार्य स्थानीय तहको क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउनका लागि स्थानीय तहहरुलाई आग्रह गर्ने निर्णय भएको छ।

यस्तै स्थानीय तहहरुले आफ्नो क्षेत्रमा सङ्क्रमणको दर हेरेर लकडाउन गर्न सक्ने भएकाले लकडाउन गर्नुपर्ने अवस्था आएमा सो कार्य कार्यान्वयनका लागि अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए।

कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले स्वास्थ्य सेवा, सुरक्षा र सार्वजनिक सेवा प्रवाहका लागि अग्रमोर्चामा काम गर्ने सम्पूर्ण कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधिलगायतको पिसीआर परीक्षण गर्ने निर्णयसमेत भएको छ। बैतडीमा हाल ३२३ कोरोना सङ्क्रमित छन्। तीमध्ये चार जना मात्रै सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै