होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुरामा जातीय भेद्भाव गर्ने जोशी विरुद्ध मुद्धा दर्ता
Breaking News

बाजुरामा जातीय भेद्भाव गर्ने जोशी विरुद्ध मुद्धा दर्ता

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा जातीय भेद्भाव गर्ने जोशी विरुद्ध मुद्धा दर्ता

नागरिक रैबार/बाजुरा २ असार। बाजुरा जिल्लाका समग्र दलित समुदायलाई लक्षित गरेर सामाजिक संजाल (फेसबुक) मार्फत लिखित रुपमा अपशव्द प्रयोग गरि जातीय भेद्भाव गर्ने १ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्धा दर्ता गरिएको छ ।

सोमबार बाजुरा जिल्लाका दलित अगुवा र दलित समुदायका पत्रकारहरुले बुढीगंगा नगरपालिका वडा नं. १० भण्डार गाउँ बाह्रवीसका सत्यराज जोशी विरुद्ध जातीय भेद्भाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ बमोजिम कारवाहीको माग राखेर जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्धा दर्ता गरेको हो ।

बाजुराको बुढीगंगा नगरपालिका वडा नं. १० भण्डार गाऊँ बाह्रवीसका Sattayaraj Joshi नामाङ्कितले सार्वजनिक सामाजिक सञ्जाल फेसबुक मार्फत रुकुम घटनाले हतभन्दा माथि गालीपायो । लम्की घट्नाले किन दलितलाई गाली हुँदैन् ? तर बाजुराका डुमले पनि लगाए कुन दुलामा छौ ? डुम पत्रकार निसाब गर । होईन भने डुमलाई डुम भनिन्छ । दुईमत छैन् । भन्दै लेखेका थिए ।

विज्ञापन

यसरी सिंगो बाजुरा जिल्लाका दलित समुदाय र दलित समुदायका पत्रकारहरुको सार्वजनिक रुपमा मानमर्दन हुने अभिव्यक्ति दिएकाले राष्ट्रिय दलित पत्रकार संघ बाजुराको अगुवाई र दलित अगुवाहरुको नेतृत्वमा सोमबार निज जोशी विरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्धा दर्ता गरिएको दलित पत्रकार संघ बाजुरा अध्यक्ष मदन विकले बताएका छन् ।


जातीय भेद्भाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ बमोजिम कसु गर्ने व्यक्तिलाई ३ महिना देखि ३ वर्षसम्म कैद वा १ हजारदेखि २५ हजार सम्म रुपैया जरिभाना अथवा दुवै सजाय हुने उल्लेख छ । जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन २०६८ जारी भएको १० वर्ष हुँदासमेत त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन् । सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय विभेद् र छुवाछुत मुक्त देश घोषणा गरिसकेको छ ।

नेपालको संविधान २०७२ ले सवै खालका विभेद्हरुको अन्त्य र सामाजिक न्यायको हक सुनिश्चितता गरेको थियो । तर जातीय विभेद् विरुद्ध खुलेरै कानूनी निकायमा जान नसक्दा ग्रामीण क्षेत्रका दलित समुदाय विभेदको सिकार हुनु परेको पत्रकार महासंघका सचिव प्रेम विकले बताएका छन् ।


अन्तरजातीय विवाह, घरभाडा/प्रवेशलगायत धार्मिक तथा सांस्कृतिक कार्यमा दलितको उपस्थिति तथा सहभागितालाई अस्वीकार गर्ने विभेदित परम्परा अझैं यहाँ कायमै रहेको दलित अधिकारकर्मी गोरख सार्कीले बताएका छन् ।


अझैपनि प्रचलित नीतिनियम तथा कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन नभएका कारण दलित समुदाय प्रताडित भईरहेका प्रेस संगठन नेपाल बाजुराका संयोजक बसन्त विश्वकर्माले बताएका छन् ।

त्यस्तै दलित अगुवा मानबहादुर विकले जिल्लामा दलित माथि हुने सवै प्रकारका जातीय विभेद् तथा छुवाछुतका घटनाहरुमा समग्र दलित समुदायले एक भएर लाग्नु पर्ने बताएका छन् । उनले भने यस्ता मुद्धा दलित समुदायका मात्रै हुन भनेर दलितले मात्रै लाग्नु पर्ने केही छैन् सवैको साझा विषय भएकोले राजनीति आग्रह पुर्वाग्रह नराखि सवै वर्ग र समुदायले यस्ता घटना घट्न नदिन आवश्यक रहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुरामा लिखित जाहेरी दर्ता गर्दै जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले निज जोशीको खोजतलास तथा अनुसन्धान गरी प्रचलित देहाय बमोजिम कानुनी कारवाही गरिने बताएका छन् ।

जोशी विरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्धा दर्ता गर्न राष्ट्रिय दलित पत्रकार संघ बाजुराका अध्यक्ष मदन विक, दलित अधिकारकर्मीहरु गोरख सार्की, मानबहादुर वि.क. प्रेस संगठन नेपाल बाजुरा संयोजक बसन्त विश्वकर्मा पत्रकार महासंघ बाजुरा सचिव प्रेम वि.क, राष्ट्रिय युवा संघ बाजुराका संयोजक सन्तोष विक सदस्य शंकर चंदारा, अनेरास्ववीयुका राजेश पायल वि.क. प्रेम नेपाली रेडियो बाजुराका समाचार प्रमुख रमित विक, रेडियो नेपाला बाजुरा सम्वाददता राजेन्द्र विक, नजिक न्युजका अनलाईन सम्पादक प्रमित विक, राष्ट्रिय दलित पत्रकार संघ बाजुराका सचिव रामबहादुर विक, कोषाध्यक्ष सरिता नेपाली, सदस्य सोधा नेपाली, कमला विक लगायत गएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै