
धनगढी : गौरीफन्टा नाकाबाट आज पनि नेपालीहरुको उद्धार गरिएको छ। भारतीय क्वारेन्टाईनमा रहेका र सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुको उद्धार गरिएको हो।


रामपुर क्वारेन्टाईनमा रहेका ९२ सहित अन्य विभिन्न भारतीय क्वारेन्टाईनमा राखिएका २ सय ७६ नेपालीको आज उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। उनका अनुसार अहिले सम्म एक सय २३ जनाको यापिड टेस्ट गरिएको छ भने बाँकीको टेस्ट भईरहेको छ। एक सय ६ जनालाई कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए।
भारतमा बढि संक्रमण रहेको क्षेत्रबाट आएका र क्वारेन्टाईन अवधि पूरा नगरेका नेपालीहरुको पीसीआर परीक्षणका लागि नमुना समेत संकलन भईरहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ। यता जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी शिवराज जोशीले उद्धार गरिएका नेपालीहरुलाई सम्बन्धित जिल्लामा पठाउने क्रम जारी रहेको बताए। उनीहरुलाई स्थानीय तहले नै क्वारेन्टाईमा राख्नेछन्।
विज्ञापन


शुक्रवार पनि सीमावर्ती भारतीय क्वारेन्टाइनमा रहेका तीन सय ८५ जना नेपालीको उद्धार गरिएको थियो। उनीहरु मध्ये तीन सय २४ जनाको सीमा क्षेत्रमै यापिड टेस्ट गरिएको थियो भने बाँकी ६१ जनाको पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमुना संकलन गरिएको छ। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु