होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुरा अस्पताललाई प्रविधि मैत्री बनाउदैछौंः अध्यक्ष थापा
Breaking News

बाजुरा अस्पताललाई प्रविधि मैत्री बनाउदैछौंः अध्यक्ष थापा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरा अस्पताललाई प्रविधि मैत्री बनाउदैछौंः अध्यक्ष थापा

मदन वि.क./बाजुरा ३ चैत्र । बाजुरा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत थापाले बाजुरा जिल्ला अस्पताललाई प्रविधि मैत्री बनाउने योजना भईरहेको बताएका छन् ।

सोमबार अस्पतालमा अत्याधुनिक जेनेरेटर मेसिनको उद्धघाटन् गर्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् । अध्यक्ष थापाले अस्पतालको २४ सै घण्टे नियमित सेवालाई चुस्त दुरुस्त राख्नको लागि भर्खरै अस्पताल परिसरमा प्रत्यक्ष सिसि क्यामरा जडान गरी सकेको बताए ।

उनले भने अवको केही महिना भित्रै दैनिक अस्पतालमा आउने बिरामीहरुको स्वास्थ्य चेकजाँच पछि विरामीहरुले औषधी नियमित सेवन गरे नगरेको थाहा पाउनका लागि अस्पतालले एसएमएस सेवा समेत सुचारु गर्नु लागिएको बताएका थिए ।

विज्ञापन

जेनेरेटर सेवाको उद्धघाटन् कार्यक्रममा बोल्दै थापाले अस्पताल जस्तो सम्वेदनशील ठाउँलाई यहाँको विद्युत गृहले २४ सै घण्टा विद्युत सेवा दिनुको साटो अस्पताललाइ पक्षपती गर्दै अस्पतालमा विद्युत आपुर्ति नदिएकोे आरोप लगाएका थिए ।

जिल्ला अस्पताल बाजुरामा अस्पताल व्यवस्थापन समितिको पहलमा अस्पतालमा दैनिक आउने विरामीहरुको सेवालाई मध्येनजर गरेर ६२. ५ भोल्टेज केविएको जेनेरेटर सेवा जडान गरिएको छ ।

सदरमुकाम मार्तडीमा विद्युत नियमित नभएपछि विगतमा अस्पतालको एक्सरे सेवा प्रभावित हुने गरेको थियो । जेनेरेटर सेवा जडान भएपछि अस्पतालका अव अस्पतालमा एक्सरे सेवालाई धेरै सहज हुने जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाः विश्वकर्माको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै