धनगढी: मंगलबार अछाममा ४ र डडेल्धुराका ३ गरी सुदूरपश्चिममा थप ७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
अछामको कमलबजार प्रयोगशालामा भएको परीक्षणमा जिल्लाको तुर्माखाँद गाउँपालिकाका २ जना, मंगलसेन नगरपालिकाका १ जना र सुर्खेतको भेरीगंगा नगरपालिकाका १ जनामा संक्रमण देखिएको प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले बताए।
यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा अमरगढी नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु