होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • फिल्म छायाँकन खोल्ने सरकारको तयारी
मनोरञ्जन

फिल्म छायाँकन खोल्ने सरकारको तयारी

  • नागरिक रैबार
फिल्म छायाँकन खोल्ने सरकारको तयारी

विगत ९ महिनादेखि नेपाली चलचित्रको छायांकन ठप्प छ । उसो त, केही चलचित्रका निर्माताले दशैंबाट नै चलचित्रको छायांकन सुरु गरेतापनि नेपाल सरकारले भने औपचारिक रुपमा छायांकन सुचारु भएको घोषणा गरेको छैन ।

यसैले, चलचित्र छायांकन सुरु गर्न तयार भएका निर्माताहरु सरकारको निर्देशनको पर्खाइमा छन् । म्यूजिक भिडियोको छायांकन त असारबाट नै सुरु भैसकेको छ ।

 

यसैविच, नेपाल सरकारले चलचित्र छायांकनको अनुमती दिने तयारी गरेको छ । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार शिव श्रेष्ठसँगको भेटमा संचार, सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले छायांकन सुचारु गर्न दिने निर्णय भैसकेको तर पत्रकार सम्मेलन मार्फत मात्र जानकारी नगराएको बताएका थिए ।

मन्त्री गुरुङसँगको भेटपछि अनलाइनखबरसँग कुरा गर्दै निर्माता संघका अध्यक्ष अधिकारीले भने–‘चलचित्र छायांकन सुचारु गर्न दिने निर्णय सरकारले गरिसकेको र आँउदो पत्रकार सम्मेलनमार्फत जानकारी दिने मन्त्रीज्यूले बताउनुभएको छ । चलचित्र भवन सुचारु गर्ने बिषयमा सरोकारवाला निकायसँग बसेर केही दिनमै निर्णय गर्ने तयारी सरकारले गरेको छ ।’

चलचित्र छायांकन सुचारु भएलगतै करिब एक दर्जन चलचित्र छायांकनमा जाने तयारीमा छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार