होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नवनियुक्त अर्थमन्त्री पौडेलले गरे पदभार ग्रहण
समाचार

नवनियुक्त अर्थमन्त्री पौडेलले गरे पदभार ग्रहण

  • नागरिक रैबार
नवनियुक्त अर्थमन्त्री पौडेलले गरे पदभार ग्रहण

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । बिहीबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर पदभार सम्हालेका हुन् ।

मन्त्री पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले अर्थमन्त्री नियुक्त गरेकी थिइन् । पदभार ग्रहण अघि मन्त्री पौडेललाई मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव समेत रहेकाा पौडेल अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त भएका हुन् । यसअघि भूकम्प, मधेस आन्दोलन र भारतको नाकाबन्दीका कारण धरासायी भएको बेला (२०७२ कात्तिक १९ गते)मा अर्थतन्त्रको बागडोर सम्हालेका थिए ।

अहिलेपनि कोरोना भाइरसका कारण अर्थतन्त्रमा गम्भीर असर परेको अवस्थामा पुनः अर्थमन्त्रीको बागडोर सम्हाल्ने जिम्मेवारीमा पौडेल आइपुगेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार