होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • पत्रकार महासंघले आपतकालीन राहत कोष स्थापना गर्ने
Breaking News

पत्रकार महासंघले आपतकालीन राहत कोष स्थापना गर्ने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
पत्रकार महासंघले आपतकालीन राहत कोष स्थापना गर्ने

काठमाडौं, ३१ असार । नेपाल पत्रकार महासंघले दैनिक जीवनयापनमा समस्या हुँदा पेशाबाटै पलायन हुनुपर्ने स्थिति आउन नदिन केन्द्रीय समिति मातहतका पत्रकारका लागि आपतकालीन राहत कोष स्थापना गर्ने भएको छ।

महासंघका महासचिव रमेश विष्टले महासंघको केन्द्रीय समितिले ३० लाख रूपैयाँ राखेर कोष सुरु गरेको पनि बताउनुभयाे। उहाँका अनुसार कोषमा महासंघका बेलायत, युरोप, जापान, युएई, कोरिया, कुवेत, भारत, कतार शाखा तथा नेपाल अमेरिका पत्रकार संघ (नेजा) र नेपालिज जर्नालिस्ट एशोसिएसन अस्ट्रेलियाले एक महिनाभित्र सकेको रकम उपलब्ध गराउने भएको छ।

‘महासंघका प्रदेश र जिल्ला शाखा, एसोसिएट र प्रतिष्ठानको पहलमा समेत कोषमा रकम जम्मा गर्छौं’ महासचिव विष्टले बताउनुभयाे।

विज्ञापन

जम्मा भएको रकमलाई अक्षय कोषमा राख्ने र ब्याज चाहिँ आपतकालीन समस्याबाट पीडित पत्रकारलाई राहत स्वरूप उपलब्ध गरिने भएको छ। तर, यसका लागि कोष सञ्चालन निर्देशिका र मापदण्ड छैन। चाँडै तयार गरेर सहयोग गर्न चाहने संघ, संस्था र व्यक्तिहरूलाई नेपाल बंगलादेश बैंकको खाता नं ००१०७००३१५ उपलब्ध गराएको महासंघले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै