२ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ ।जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३ लाख २ हजार पुगेको छ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४४ लाख ४० हजार ९ सय ८९ जना रहेका छन् ।
१५ लाख ८७ हजार ७ सय ८० जना उपचारपछि निको भएका छन् ।कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित देश अमेरिकामा हालसम्म १४ लाख १७ हजार ३ सय ५० जनामा संक्रमण भएको छ । त्यस्तै ८५ हजार ८ सय ८६ जनाको मृत्यु भएको छ । अमेरिकामा २ लाख ४६ हजार ४ सय ४१ जना निको भएका छन् ।
त्यस्तै रसियामा २ लाख ५२ हजार २ सय ४५ जना संक्रमित भएका छन् भने २ हजार ३ सय ५ जनाको मृत्यु भएको छ ।बेलायतमा २ लाख ३४ हजार ४ सय ४० जना संक्रमित भएका छन् र ३३ हजार ६ सय ९३ जनाको मृत्यु भएको छ ।स्पेनमा संक्रमित संख्या २ लाख २९ हजार ५ सय ४० र मृतक संख्या २७ हजार ३ सय २१ पुगेको छ । १ लाख ४३ हजार ३ सय ७४ जना निको भएका छन् ।
इटलीमा २ लाख २३ हजार ९६ जनामा संक्रमित भएका छन् भने ३१ हजार ३ सय ६८ जनाको मृत्यु भएको छ । १ लाख १५ हजार २ सय ८८ जना निको भएका छन् ।ब्राजिलमा २ लाख २ हजार ९ सय १८ जना संक्रमित भएका छन् र १३ हजार ९ सय ९८ जनाको मृत्यु भएको छ ।
फेसबुक प्रतिक्रियाहरु