होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन ५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रहिनन् नेकपाकी सांसद सानु शिवा
समाचार

रहिनन् नेकपाकी सांसद सानु शिवा

  • नागरिक रैबार
रहिनन् नेकपाकी सांसद सानु शिवा

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद सानु शिवाको निधन भएको छ। मुटुको समस्या भएकी उनको काठमाडौंको सिनामंगलस्थित नेपाल मेडिकल कलेजमा उपचार क्रममा बुधबार निधन भएको अस्पतालले जनाएको छ।

कमजोर स्वास्थ्य अवस्था रहेकी शिवाको दुवै मिर्गौलाले २०६२/६३ देखि काम गर्न छाडेका थिए। उनले भारतमा पुगेर मिर्गौला प्रत्यारोपण गराएकी थिइन्। त्यस्तै पाठेघरमा ट्युमर देखिएपछि शल्यक्रिया गराएकी थिइन्। पछिल्लो समय उनको मुटुमा भल्भ राखिएको थियो।

उनी इलामबाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी थिइन्। शिवा जनवादी गीत गाउँदै राजनीतिमा लागेकी थिइन्। दलित महिलाको उत्थान तथा लैङ्गिक विभेदविरूद्ध शिवाले आवाज उठाउँदै आएकी थिइन्। उनको जन्म ताप्लेजुङको फुङलिङमा भएको थियो।

विज्ञापन

यसैबीच प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले शिवाको निधनमा दु:ख व्यक्त गरेका छन्। उनले ट्वीट गर्दै भनेका छन्-हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी सानु शिवा पहाडीको असामयिक निधन भएकाेमा दु:ख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिराे समवेदना व्यक्त गर्दछु।

हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी सानु शिवा पहाडीको असामयिक निधन भएकाेमा दु:ख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिराे समवेदना व्यक्त गर्दछु ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ९ घन्टा अगाडि

भर्खरै