होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपामा ‘भागबण्डा’को राजनीति : केन्द्र हुँदै प्रदेशमा सरुवा !
समाचार

नेकपामा ‘भागबण्डा’को राजनीति : केन्द्र हुँदै प्रदेशमा सरुवा !

  • नागरिक रैबार
नेकपामा ‘भागबण्डा’को राजनीति : केन्द्र हुँदै प्रदेशमा सरुवा !

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा भागबण्डाको राजनीति मौलाएको प्रस्ट भएको छ । यही प्रवृत्तिका कारण पार्टी र नेताहरूले भन्ने गरेको विधि, विधान, पद्धति र प्रक्रियाका कुरा ‘घाममा सुक्न’ थालेको आभास हुन थालेको छ ।

झण्डै ५ महिना केन्द्रको भागबण्डामा कुरा नमिल्दा पार्टी नै फुटको सँघारमा पुगेका बेला भदौ २६ गतेको स्थायी समितिले टालटुल पारे पनि केन्द्रको जस्तै रोग एक महिना नबित्दै कर्णाली प्रदेशमा देखियो । यो रोग निवारण गर्न प्रदेशदेखि केन्द्रीय तहका नेताहरूले समेत निकै ठूलो पापड बेल्नुपर्यो । अन्ततः केन्द्रकै सिको गर्दै भागबण्डा मिलाएर प्रदेशमा पनि विवाद तत्काललाई टर्न पुग्यो र पुनः प्रदेशका कारण फुटको सँघारमा पुगेको पार्टी त्यसबाट भने जोगियो ।

के थियो विवाद ?

विज्ञापन

प्रदेशका मुख्यमन्त्री समेत रहेका दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध पूर्व एमाले समूह एक भएर अविश्वासको प्रस्ताव अघि सारियो । यो प्रस्ताव अघि बढ्ने वित्तिकै नेकपाको प्रदेशदेखि केन्द्रसम्मै हलचल मच्चियो । यो हलचल मच्चाउन र मिलाउन पनि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूह निर्णायक देखियो । जसमा अविश्वासको प्रस्ताव लैजान हस्ताक्षर गर्ने नेपाल समूहका सात सदस्य थिए । अन्ततः उनीहरूले पद पाउने निश्चित भएपछि फिर्ता हुन सहमति जनाएर र मुख्यमन्त्री शाहीका लागि देखिएको सङ्कट टर्न पुग्यो ।

कसरी टुङ्गियो विवाद ?

नेता यमलाल कँडेल लगायत १८ सदस्यले मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावका लागि आइतबार हस्ताक्षर जुटाएर प्रस्ताव नै दर्ता गरे । जसमा ओली समूहका ८, नेता नेपाल समूहका ७ र महेन्द्र शाही अर्थात् पूर्व माओवादी केन्द्रकै ३ सांसदले हस्ताक्षर गरेका थिए । आफूविरुद्धको अविश्वास प्रस्ताव महेन्द्र शाहीलाई रोक्नु नै थियो । त्यसका लागि उनले प्रचण्डसँग गुहार माग्ने नै भए । सोमबारबाटै प्रचण्डले अविश्वास प्रस्ताव असफल पार्न ओली र अर्का नेता माधवकुमार नेपालाई आग्रह गरिसकेका थिए ।

अविश्वास प्रस्ताव दर्ता भएलगत्तै त्यसमाथि छलफल गर्न आइतबारै मङ्गलबारलाई बैठक बोलाएका मुख्य गुलावजङ्ग शाहलाई हटाएर उनको ठाउँमा प्रमुख सचेतकमा सीता नेपालीलाई नियुक्ति गरे । त्यसको भोलिपल्ट अर्थात मङ्गलबार सचेतकमा अर्का सदस्य कुर्मराज शाहीलाई नियुक्त गरे । शाही अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्येका एक नेता पनि हुन् । उता नेकपा केन्द्रीय सदस्यसमेत रहेका निरज शाही लगायतको टोली सोमबारै सुर्खेत पुगिसकेको थियो ।

जसले विवाद मिलाउने मध्यस्तकर्ताको भूमिका खेल्यो । त्यसक्रममा यसअघि माधव नेपाल समूहलाई मन्त्री बनाउन नचाहेका मुख्यमन्त्री शाही आफ्नो सङ्कट टार्न तीन मन्त्री दिन तयार भए । यो भागबण्डा मिल्नेवित्तिकै पहिला अविश्वासको पक्षमा रहेका माधव समूहका नेताहरू मङ्गलबार कँडेल पक्षले बोलाएको बैठकमै उपस्थित भएनन् । हस्ताक्षरकर्ता नै सहभागी नभएपछि अविश्वासको प्रस्ताव पास गर्ने योजनमा रहेको समूह अलपत्र पर्दै फर्कन बाध्य बन्यो ।नेपाल समूहले हस्ताक्षर फिर्ता लिएपछि पनि तत्कालको सङ्कट समाधानतर्फ उन्मुख त भयो तर कँडेल पक्षले लिने नीति कस्तो हुन्छ भन्ने प्रश्न बाँकी नै रहेको छ ।

आलोपालो नमान्दा सधै अस्थिरता

वरिष्ठ नेता नेपाल निकट भौतिकमन्त्री खड्गबहादुर खत्री बैङ्किङ कसुरमा मुछिएपछि मुख्यमन्त्री शाहीले बर्खास्त गरेका थिए । अर्को मन्त्री नियुक्त नगरी आफैँ मातहत राखेपछि विवाद चर्किएको थियो ।

माओवादी कोटाबाट शाही कर्णाली प्रदेशका मुख्यमन्त्री निर्वाचित हुनुअघिदेखि नै यामलाल कँडेलले असन्तुष्टि राख्न थालेका थिए । ४० सांसद रहेको कर्णाली प्रदेशमा तत्कालीन एमालेले २० र माओवादीले १३ सिट जितेको थियो । यही सांसद समीकरण देखाएर कँडेलले शाहीलाई आलोपालो मुख्यमन्त्रीको प्रस्ताव राख्दा शाहीले अस्वीकार गरेका थिए ।

नेकपा कर्णाली प्रदेश सह–इन्चार्ज समेत रहेका कँडेलले आफ्नो प्रस्ताव शाहीले अस्वीकार गरेपछि उनलाई असहयोग गर्ने नीतिमा अघि बढिसकेका थिए । फलस्वरूप कँडेलले प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेत असहयोग गर्न पुगे । त्यसबेला पनि केन्द्रीय सदस्य निरज अचार्यसहितको टोली सुर्खेत पुगेर मुख्यमन्त्री शाहीलाई नेपाल पक्षको साथ जुटाएर बजेट पारित गर्नुपरेको थियो ।

प्रदेश पदाधिकारीलाई काठमाडौँ बोलावट

कर्णाली प्रदेशमा देखिएको विवादबारे छलफल गर्न प्रदेश कमिटीका पदाधिकारीलाई काठमाडौँ बोलाइएको छ । मङ्गलबार दिउँसो अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्माबीच भएको छलफलले सबै पदाधिकारीलाई काठमाडौँ आउन पत्र पठाएको हो ।

उनीहरूलाई बिहीबार काठमाडौँ आउन पत्रमा भनिएको छ । नेकपा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा हुन् भने सहइन्चार्ज यमलाल कँडेल हुन् । कँडेल जसले सो प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव ल्याउने नेतृत्व गरेका थिए । त्यस्तै कर्णाली प्रदेशका पार्टी अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद शर्मा रहेका छन् । मुख्यमन्त्री तथा संसदीय दलका नेता शाहीलाई पनि काठमाडौँ बोलाइएको छ ।

भागबण्डाकै जगमा एकता

नेकपामा भागबण्डा अहिले मात्रै भएको भने होइन, जतिबेला नेकपा एकता गर्ने निर्णयमा नेताहरू पुगे त्यसैबेलादेखि भागबण्डाको संस्कृतिको सुरुवात भएको हो । एकीकृत पार्टीको केन्द्रीय समिति, स्थायी समिति, प्रदेश कमिटी, जिल्ला कमिटी पनि भागबण्डाकै आधारमा गरिएको हो । त्यति मात्रै होइन केन्द्र र प्रदेश सरकार गठन गर्दा पनि मुख्यमन्त्री र त्यहाँका मन्त्री सभामुख, केन्द्रका मन्त्रीहरू पनि भागबण्डामै नियुक्त गरियो । जसले भागबण्डालाई थप मलजल गर्यो । अहिले त्यही संस्कृति विकास हुँदा हरेक विवाद निरुपणको उपाय भागबण्डालाई बनाउने गरिएको छ । रातोपाटीबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ३ दिन अगाडि

भर्खरै