होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • संसदीय समितिले बुझायो रुकुम घटनाको प्रतिवेदन
समाचार

संसदीय समितिले बुझायो रुकुम घटनाको प्रतिवेदन

  • नागरिक रैबार
संसदीय समितिले बुझायो रुकुम घटनाको प्रतिवेदन

काठमाडौं, ३० असार । रुकुम सोती घटना छानबिन संसदीय विशेष समितिले घटनाको प्रतिवेदन सभामुखलाई बुझाएको छ । गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी, सोती घटनाका सन्दर्भमा अध्ययन गर्न गठित समितिले आज सभामुख अग्नि प्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन बुझ्दै सभामुख सापकोटाले प्रतिवेदन अध्ययन गरी छिट्टै कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । दुरगामी महत्वको घटना भएकाले छिट्टै अध्ययन गरी कार्यान्वयनमा लैजाने कुराको हेक्का आफुले राखेको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा बैठकबाट जेठ २६ गते समिति गठन भएको थियो । समितिले जेठ ३१ गतेबाट काम सुरु गरेको थियो । घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार