होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा अध्यक्षद्वय ओली र दाहाल ६ दिनपछि छलफलमा
समाचार

नेकपा अध्यक्षद्वय ओली र दाहाल ६ दिनपछि छलफलमा

  • नागरिक रैबार
नेकपा अध्यक्षद्वय ओली र दाहाल ६ दिनपछि छलफलमा

काठमाडौं, ३० असार । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पार्टीभित्रको अन्तरविरोध समाधान गर्ने विषयमा छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा अध्यक्षद्वयबीच पार्टीभित्रको विवादमा सहमति खोज्ने प्रयास भइरहेको जनाईएको छ ।

विवाद समाधानका लागि भन्दै अध्यक्षद्वय ६ दिनपछि छलफलमा जुट्नु भएको हो । यसअघि पनि बिवाद समाधानका लागि अध्यक्षद्वयबीच पटक–पटक छलफल भएपनि सहमति जुट्न सकेको छैन । नेकपाको असार १० गतेदेखि शुरु भएको स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीले नेपालले भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले आफूलाई हटाउन खोजेको र त्यसमा नेकपाकै नेताहरुको सहयोग रहेको भन्ने अभिव्यक्ति दिएपछि प्रभाबित हुँदै आएको छ ।

स्थायी कमिटीका धेरैजसो सदस्यले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग राख्दै आएका छन । तर, निकास ननिस्किएपछि स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ । पछिल्लो पटक साउन २ गतेसम्मका लागि बैठक स्थगित भएको छ । बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपाको शक्ति संघर्ष उत्कर्षमा पुगेको हो ।

विज्ञापन

पछिल्लो पटक अध्यक्षद्वयले हतार नगरी सहमति जुटाउने सार्वजजिनक अभिव्यक्ति दिदै आउनु भएको छ । छलफलबाटै समस्याको हल खोज्ने ओली र दाहालको अभिव्यक्तिपछि आजको छलफललाई चासोपूर्वक हेरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ दिन अगाडि

भर्खरै