होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सचिवमा पहिलो पटक दलित समुदायका व्यक्ति
समाचार

सचिवमा पहिलो पटक दलित समुदायका व्यक्ति

  • नागरिक रैबार
सचिवमा पहिलो पटक दलित समुदायका व्यक्ति

काठमाडौं ३० असार। नेपाल सरकारको सचिव पदमा पहिलो पटक दलित समुदायका व्यक्ति पुगेका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले डा. मानबहादुर बीकेलाई सचिवमा बढुवाको निर्णय गरेको हो ।

लोकसेवा आयोगको अध्यक्ष उमेशनाथ मैनालीको अध्यक्षतामा रहेको बढुवा समितिको बैठकले सचिव बढुवाका लागि बीकेसँगै गोकर्णमणि दुवाडी र मधु मरासिनीको नाम सिफारिस गरेको थियो । तीनमध्येबाट बीके सचिव बढुवा भएका मन्त्रिपरिषद स्रोतले बताएको छ । डा. बीके हाल युवा तथा खेलकुद मन्त्रालयमा थिए ।

विद्यालय तहमा पढ्दा शुल्क तिर्ने रकम नहुँदा हजुरबासँगै आरनमा काम गरेको र आरनमा बनाएका भाँडा बेचेर पढाइ खर्च जुटाएको डा. बीके सम्झन्छन् । खरिदारबाट सरकारी सेवामा प्रवेश गरेका डा. बीके ०६० सालमा दलित समुदायबाट पहिलो पटक प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनेका थिए । बर्दिया, स्याङ्जा, चितवन, मकवानपुर, सिरहा, तनहुँलगायतका जिल्लामा सीडीओ भई काम गरेका उनी श्रम विभागको महानिर्देशक, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव र प्रदेश ५ को प्रमुख सचिवको जिम्मेवारीमा पनि रहे ।

विज्ञापन

उनी भन्छन्, ‘सीडीओ भएर पुग्दा त्यहाँका उत्पीडित तथा सीमान्तकृत समुदाय खुशी हुन्थे ।’

पाल्पाको निम्न वर्गीय परिवारमा जन्मिएका बीकेले ब्राण्डाइज युनिभर्सिटी अमेरिकाबाट पोस्ट डक्टरेट गरेका छन् । आजको सफलतालाई डा. बीकेले नियमित संघर्षको प्रतिफल भएको बताउँछन् ।

विद्यालय तहमा पढ्दा शुल्क तिर्ने रकम नहुँदा हजुरबासँगै आरनमा काम गरेको र आरनमा बनाएका भाँडा बेचेर पढाइ खर्च जुटाएको डा. बीके सम्झन्छन् । ‘गैरदलित साथीहरु बेन्चमा बसेर पढ्दा म भने उहाँहरुलाई नछोइने गरी छुट्टै आफूले लगेको सुकुलमा बसेर पढ्थेँ’ उनी भन्छन् ।

स्कुल पढ्दा कयौंपटक साथीहरुले किताब फालिदिएको, काठमाडौंमा पढ्न बस्दा बानेश्वर थापागाउँमा डेराबाट निकालिएको, सरकारी सेवामा प्रवेश गरेपछि कार्यालय सहायकले पनि विभेद गरेको डा. बीके सम्झन्छन् । अनलाइनखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ दिन अगाडि

भर्खरै