होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • भारतबाट मल ल्याउन पाउनु पर्छ भन्दै कञ्चनपुरका किसान आन्दोलित
Breaking News

भारतबाट मल ल्याउन पाउनु पर्छ भन्दै कञ्चनपुरका किसान आन्दोलित

  • नागरिक रैबार
भारतबाट मल ल्याउन पाउनु पर्छ भन्दै कञ्चनपुरका किसान आन्दोलित

कञ्चनपुर: भारतबाट मल ल्याउन पाउनुपर्ने माग राख्दै कञ्चनपुरका किसानहरु आन्दोलित भएका छन्। भीमदत्त नगरपालिका–१३ का किसानहरु खेतमा मलको अभाव भएपछि भारतबाट ल्याउन दिनुपर्ने माग राख्दै आन्दोलित हुन।

मंगलबार बिहानदेखि झोलुंगे पुलमा ताला लगाएर स्थानीय किसानहरुले आन्दोलन गरिरहेका छन्। खेतमा हाल्नको लागि मलखाद नभएको र सरकारले अहिलेसम्म पनि कुनै व्यवस्था नगरेकोले आफूहरु आन्दोलन गर्न बाध्य भएको स्थानीय किसानहरुको गुनासो छ।

असार २९ गतेसम्म प्रहरी र स्थानीयको सम्झौता अनुसार आधा कट्ठा युरिया मल ल्याउन पाउने भएपनि मंगलबार बिहानदेखि स्थानीय कृषकहरुलाई प्रहरीले मलखाद ल्याउन रोक लगाएपछि स्थानीयहरुले झोलुङ्गे पुलमा आवतजावत बन्द गरेका हुन्।

विज्ञापन

अहिले प्रशासन र आन्दोलित किसान बीच समन्वयका लागि छलफल भइरहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार