होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • रेडियो कार्यक्रम सिक्दै-सिकाउंदै प्रभावकारी बन्दै
Breaking News

रेडियो कार्यक्रम सिक्दै-सिकाउंदै प्रभावकारी बन्दै

  • नागरिक रैबार
रेडियो कार्यक्रम सिक्दै-सिकाउंदै प्रभावकारी बन्दै

राजेन्द्र बिक/बाजुरा ३०असार। बन्दाबन्दिको समयमापनि बालबालिकाको सिकाइलाइ निरन्तरता दिन संचालन गरिएको रेडियो कार्यक्रम सिक्दै सिकाउंदै बाजुरामा अत्यन्तै प्रभावकारी बन्दै गएको छ ।

दुर्गम जिल्लाका दुरदराज स्थित गाउँका अभिभावकहरुलाई बालबालिका प्रतीको आमा बुवाको जिम्मेवारि बोध गराइ बालबालिकाको खेल्दै सिक्दैको वातावरण लाई सिर्जनात्मक बनाउने उद्देश्यका साथ संचालन गरिएको सो कार्यक्रम युनिसेफ नेपालको आर्थिक तथा प्राबिधिक सहयोग सेतो गुराँस राष्ट्रिय बालबिकास सेवा ललितपुर र सेतो गुराँस बालविकास सेवा,बाजुराद्धारा संचालित नेपालका सिमान्तकृत समुदायका बालबालिकाका लागि प्रारम्भिक बालविकास अवसरको सवलिकरण कार्यक्रम अन्तर्गत बाजुरा जिल्लामा संचालित रेडियो बुढीनन्दा र रेडियो पौरखी मार्फत साप्ताहिक रुपमा सोमवार र विहिवार विहान ७ः३० देखि ७ः४५ बजे सम्म एकसाथ प्रसारण भइरहेको छ ।

हामी बिहान कार्यक्रम प्रशारण हुने समयमा समुदायमा सबै अभिभावक बालबालिका सहित एकै ठाउँ जम्मा भएर सामाजिक दुरी कायम गरी कार्यक्रम सिक्दै सिकाउंदै निरन्तर रेडियो मार्फत सुनिरहेका छौ त्रिवेणि नगरपालिका वडा न ९ बांगापाटा टोलकि बेलु थापाले बताउनु भएको छ ।अभिभावकले अत्यन्तै आकर्शित भएर कार्यक्रम सुनेको र सिकेका कुरा बालबालिकाको सिकाइमा प्रयोग गरि कार्यान्वयनमा सहयोग गरेको बांझपाटा प्रारम्भिक बालबिकास केन्द्र बुढिगंगा ५ कि वाल शिक्षिका चिना जोशीले बताइन ।

विज्ञापन

बाजुराका समुदायमा अहिले सम्म रेडियो कार्यक्रम सिक्दै सिकाउंदै अभिभावक शिक्षाका रुपमा प्रभावकारी बनाउन ३६ओटा श्रोता क्लब गठन गरि सो मार्फत ६ सय ५३ महिला र ६ सय ९८ पुरुष गरि जम्मा १३ सय ५१ जना अभिभावकले बालबालिकाको सर्बाङिण बिकास अन्तर्गत शारीरिक, बौद्धिक सामाजिक संबेगात्मक र भाषिक बिकासमा सहयोग पुर्याइरहेका सेतोगुरांस बालबिकास सेवा बाजुराका कार्यक्रम प्रबन्धक देबु खातीले बताउनु भयो ।

बन्दाबन्दिमा बालबालिकाको सिकाइ निरन्तरताका लागि अभिभावकले खेल्नु पर्ने भुमिकाका बारे विभिन्न बिषयमा छलफल हुने यो कार्यक्रमले बालबालिकाको सिकाइमा सकारात्मक प्रभाव पार्ने , स्थानीय स्तरमा उपलब्ध हुने स्रोत साधनबाट बालावालिकाले घरमा बसेरपनि केही सिक्न सक्ने,अभिभावकले रेडियोबाट सुनेका सन्देशबाट उनिहरुले वालवालिकासंग गरिने ब्यवहारमा सकारात्मक परिवर्तन हुनाले यो कार्यक्रम प्रसंसनिय रहेको सरोकार वालाले बताउने गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै