होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १, २०८२
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • हिमेश पन्त बने ‘कमेडी च्याम्पियन’
मनोरञ्जन

हिमेश पन्त बने ‘कमेडी च्याम्पियन’

  • नागरिक रैबार
हिमेश पन्त बने ‘कमेडी च्याम्पियन’

काठमाडौं–रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि धादिङका हिमेश पन्तले जितेका छन् ।शनिबार भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेशले पहिलो संस्करणको उपाधि हात पारेका हुन् । उत्कृष्ट घोषित पन्तले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन् ।

च्यासलस्थित ‘कमेडी च्याम्पियन’काे स्टुडियोमा भएको ग्रान्ड फिनालेमा उनले सुमन कोइराला र खड्गबहादुर पुनलाई पाखा लगाउँदै उपाधी हात पारेका हुन् ।

विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त फाइनलका पुगेका थिए । विशाल भण्डारीले निर्देशन र निर्माण गरेको ‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार