बाजुरा २८ कात्तिक,: जिल्ला आयुर्वेद कार्यालय बाजुराले विविध कार्यक्रम गरी राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइएको छ ।
“गुणस्तरिय आयुर्वेद सेवाको लागि आयुर्वेद औषधी” भन्ने मुल नाराका साथ दिवसको अवसरमा कार्यालयमा पुजा आरधाना गर्दै मनाइएको आयुर्वेद कार्यालय बाजुराले जनाएको छ ।
आयुर्वेद औषधीले उपचारले मानिसको शरिरमा हुने फाइदा औषधी प्रयोगले असर नपार्ने बारेमा जानकारी गराउने उद्देश्यका साथ दिवस र जयन्ती एकै साथ मनाइएको जिल्ला आयुर्वेद कार्यालयका प्रमुख दीक्षा भण्डारीले बताएकी छन् ।
उनले जिल्लामा रहेका नागरिकहरुलाइ निशुल्क रुपमा आयुर्वेद सेवाका लागि विभिन्न शिविर समेत संचालन गर्दै आएको बताइन् ।
आयुर्वेद औषधीले शरिमा नोक्सानी नुहने र शरिरलाई फुर्तिलो बनाउने जस्ता कार्य गर्ने भएकाले घरेलु तथा आयुर्वेद औषधी प्रयोग गर्ने सर्व साधारणलाई कार्यालय प्रमुखले आग्रह गरेकी छन् ।
बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकाया प्रमुख अतिथी रहेका थिए ।कार्यक्रममा उप प्रमुख कविता विष्ट,सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारी, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश सिंह लगायत अतिथी रहेका थिए ।
राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती फोटोमा माल्यापर्ण गरी कार्यक्रमको जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाले उद्घाटन गरेका हुन् । कार्यक्रमको संचालन जिल्ला आयुर्वेद स्वाथ्य केन्द्रका प्रमुख दीक्षा भण्डारीले गरेकी हुन् ।
कोभिड–१९ का कारण भव्य कार्यक्रम गर्न नमिल्ने भएकाले सामाजिक दुरी कायमसंगै कोरनाको उच्च सतर्कताका साथ दिवस मनाइएको हो ।
फेसबुक प्रतिक्रियाहरु