होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • सूचना-प्रविधि
  • भदौ ३० देखि टिकटक बन्द
सूचना-प्रविधि

भदौ ३० देखि टिकटक बन्द

  • नागरिक रैबार
भदौ ३० देखि टिकटक बन्द

अमेरिकाले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेसनहरुका साथै केही समय यतादेखि चर्चित मुद्दा बनेको टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टिकटकसहितका चिनियाँ एपमा प्रतिबन्ध लगाउने तयारी गरेको जानकारी गराएका छन्।

राष्ट्रपति ट्रम्पले उक्त एपसँगै यही सेप्टेम्बरको १५ तारिखदेखि चिनियाँ सामाजिक सञ्जालका एप्लिकेसनहरुमा प्रतिबन्ध लगाउनेबारे यसअघि निर्णय भइसकेको र अब त्यो मिति पर नसारिने जानकारी दिए।

उनले एपमाथिको प्रतिबन्धका विषयमा विचार भइरहेको र अन्तिम तयारी पनि भइरहेको बताए। ‘अब आगामी सेप्टेम्बर १५ तारिखदेखि लगाउने भनिएको सो प्रतिबन्धको समय आएको छ र हामीले त्यसलाई पछि सार्ने कुरा हुँदैन,’ राष्ट्रपति ट्रम्पले भने। प्रतिबन्ध लगाउने चिनियाँ एप्लिकेसनको सूचिमा विशेष गरी किशोर–किशोरीमा लोकप्रिय रहेको टिकटक रहेको र त्यो बढी चर्चाको विषय पनि बनेको छ।

विज्ञापन

बिहीबार अमेरिकाको मिचिगन राज्यमा आयोजना भएको चुनावी प्रचारसम्बन्धी र्‍यालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यो धारणा राखेका हुन्। टिकटकको विषयलाई लिएर अमेरिकामा विगतदेखि नै बहस भइरहेको छ।

यस विषयमा सांसदहरुले पनि लामो समयदेखि चासो देखाउँदै आएका छन्। अमेरिकी सरकारले भने प्रयोगकर्ताको जानकारी दुरुपयोग भएको हुन सक्ने देखिएकाले राष्ट्रिय सुरक्षालाई ध्यान दिएर ती एप्सहरूमा प्रतिबन्धको तयारी भएको बताउँदै आएको छन्। रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार