होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राजधानी काठमाण्डाैबाट प्रकाशित हुने दैनिक पत्रिकामा के-के छापिए आजका पत्रपत्रिकाका (फ्रन्टपेज हेर्नुहोस)
सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ८ अरङमा पाँच दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका छन् । सो घटनामा संलग्न भएको भन्दै पीडितले १३ जनाविरुद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी दिएका थिए । जाहेरी परेपछि प्रहरीले वडाध्यक्ष यादवलाई सोधपुछका लागि बोलाएको थियो । त्यहीबेला उनलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको सिराहाका प्रहरी उपरीक्षक (एसपी) […]
बाजुराको सदरमुकाम मार्तडीमा ‘बाजुरा कप २०८२’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता २२ देखि २६ गतेसम्म मालिका माध्यमिक विद्यालय मार्तडीमा हुन लागेको हो । बाजुरा कप २०८२” नामक ७ ए साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको हो। प्रतियोगितामा जिल्लाभरिका विभिन्न टिमहरूले सहभागिता जनाउने आयोजकले बताएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरू र टिमहरूले […]
जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयहरूलाई सरकारी सेवा नियमित रूपमा संचालन गर्न अनुरोध गरेको छ । सोमबार सामाजिक संजालमार्फत सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लामा हालसम्म कुनै विपद्जन्य घटना नदेखिएको र अवस्था सामान्य रहेकाले आज देखि जिल्लाभित्र रहेका सबै सरकारी कार्यालयबाट नियमित सेवा प्रवाह गर्न अनुरोध गरेको हो ।
महाकाली नगरपालिका–६ को भित्री सडकखण्डमा बागमती प्रदेश नम्बर ०३–००१ ज ०२०६ नम्बरको जिप दुर्घटना हुँदा सोही स्थानका २८ वर्षीय नरेश बहादुर पालको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका डीएसपी टेकबहादुर जोराका अनुसार गम्भीर घाइते भएका पालको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा घाइतेमध्ये ६ जनालाई थप उपचारका […]
आज कोजाग्रत पूर्णिमा, दशैंलाई बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । आजको दिनदेखि नै १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादशैं समाप्त हुन्छ । आजको दिन साँझ महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै […]
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले देशका विभिन्न भागमा आइतबार मध्यान्हसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सबैलाई सतर्क रहन आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार राति ७/८ बजेबाट आइतबार मध्यान्ह १२/१ बजेसम्म काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। […]
फेसबुक प्रतिक्रियाहरु