होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • आज यी ५ वटा प्रदेशमा भारी वर्षाको सम्भावना, बाढीपहिरोको समेत जोखिम
देश/प्रदेश

आज यी ५ वटा प्रदेशमा भारी वर्षाको सम्भावना, बाढीपहिरोको समेत जोखिम

  • नागरिक रैबार
आज यी ५ वटा प्रदेशमा भारी वर्षाको सम्भावना, बाढीपहिरोको समेत जोखिम

काठमाडौं, २८ भदाै । देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भई आज पाँच वटा प्रदेशमा हल्कादेखि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाे जानकारी दिएकाे छ ।

अहिले पनि यी प्रदेशहरूकाे केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौं उपत्यकाको साथै गण्डकी प्रदेशका एक/दुई स्थानमा अहिले भारी वर्षा भइरहेको छ।

विज्ञापन

आज पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने पनि महाशाखाले जनाएकाे छ । चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेकाे छ- ‘प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार