ए जिन्दगी त सङ्ग अझै,पसिनाको हिसाब बाँकी छ। 
हातमा ठेला र साथमा,भोगाइको किताब बाँकी छ। 
सित्तैमा बौलाएको खोलाले पनि बस्तीमा चोट दिएर गयो। 
अब कसैको यादमा रोएर जाने आँसुको तनाब बाँकी छ।
 हामी गरिबको गाँस खोसिदा,बाँस लुटिदा पनि ढुक्क छैनौं 
किनकि सरकार बाट सुकुम्बासी उठाउने दबाब बाँकी छ।
म तिम्रो हुन सकिन, अरु कसैको हुनु पनि छैन 
मलाई बरु कुरुप बनाएर जाउ,बजारमा अझै तेजाब बाँकी छ। 
कठिन परिस्थितिको सामना गर्नु भनेकै सुरक्षित हुनु हो। 
जस्तै मेरो बगैंचामा काँडाबिच फुलेको गुलाब बाँकी छ। 
फेसबुक प्रतिक्रियाहरु